अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसिई) ले फिलाडेल्फियाको जुम्बो मिट मार्केट (मासु पसल )बाट अवैध रूपमा अमेरिका बसेका ४ ब्राजिली नागरिकहरूलाई पक्राउ गरेको छ।
आईसिईका अनुसार, पक्राउ परेकाहरूको अमेरिकामा प्रवेश वा बसोबास गर्ने कुनै वैध स्थिति थिएन अर्थात् उनीहरूसँग कानूनी रूपमा प्राप्त प्रवेशाज्ञा (भिसा)का सर्तहरू उल्लंघन गरेको सिबिएसन्यूजले जनाएको छ ।
आईसिई फिलाडेल्फियाका विशेष गुप्तचर एडवार्ड भि ओएन्सले एक विज्ञप्तिमा कानुनी रूपमा काम गरिरहेका श्रमिकहरूको अधिकार जोगाउने र नियम पालना गर्ने व्यवसायहरूलाई न्यायोचित प्रतिस्पर्धा प्रदान गर्ने काम गर्ने बताए । तर त्यसो नगर्नेलाई कारवाही संचालन गरिने संकेत गरे ।
पक्राउपछि जुम्बो मिट मार्केटले आफ्नो इंस्टाग्राम मार्फत कर्मचारीहरूलाई कानुनी सहायता उपलब्ध गराइने बताएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासनविरुद्ध कडा अभियानअन्तर्गत आइसिले ले देशभर व्यवसायहरूमा छापा मारिरहेको छ।
नयाँ कानून अनुसार, कुनै पनि व्यक्तिविरुद्ध आरोप वा मुद्दा लागेमा उनीहरूलाई न्यायाधीशको पुनरावलोकनबिना नै हिरासतमा राख्न सकिनेछ।
प्रतिक्रिया