अमेरिकी विदेश विभागद्वारा ‘हमास समर्थक अवरोध’ मा संलग्न विदेशी विद्यार्थीको प्रवेशाज्ञा (भिसा) रद्ध

इनेप्लिज २०८१ फागुन २३ गते ११:४० मा प्रकाशित

अमेरिकी विदेश विभागले हमास समर्थक प्रदर्शनहरूमा संलग्न भएको आरोप लागेको एक विदेशी विद्यार्थीको प्रवेशाज्ञा (भिसा ) रद्ध गरेको छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत विदेशी विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द गर्ने आह्वान गरे पछि आएको हो ।

अमेरिकी बिश्वबिद्यालयहरुमा अध्ययनरत अन्तरराष्ट्रिय बिधार्थीहरु हमास वा अन्य आतंककारी समूहहरूलाई समर्थन गरेकोले यो कारवाही ल्याइएको हो ।

अमेरिकी विदेश विभागको यो समाचार फक्स न्युजसँग पुष्टि गरेको छ तर कानुनी सीमितताका कारण विद्यार्थीको नाम वा विश्वविद्यालयको जानकारी सार्वजनिक गरेको छैन।

हिजो साँझ, हामीले हमास समर्थक अवरोधहरूमा संलग्न भई आपराधिक गतिविधिमा संलग्न भएको कारण पहिलो विदेशी विद्यार्थीको प्रवेशाज्ञा (भिसा ) रद्द गर्‍यौं,विदेश विभागले विज्ञतिमा जनाएको छ। उनि विश्वविद्यालयको विद्यार्थी थिए । अब अध्यागमन तथा भन्सार प्रवर्तन बिभाग(आईसिइ )ले उनीलाई देशबाट निष्कासन गर्नेछ।

बाइडेन प्रशासनको कार्यकालमा १ लाखभन्दा बढी विद्यार्थीको प्रवेशाज्ञा (भिसा )भिसाको समीक्षा भए पनि कुनै पनि प्रवेशाज्ञा (भिसा )रद्द गरिएको थिएन ।

अमेरिकी बिश्वबिद्यालय या महा बिद्यालयमा अध्ययनरत बिधार्थिहरूले हमास वा अन्य आतंकवादी समूहहरूलाई समर्थन गर्छन् भने राष्ट्रपति ट्रम्पले बारम्बार अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत विदेशी विद्यार्थीहरूको प्रवेशाज्ञा (भिसा )रद्ध गर्न आह्वान गरेका थिए ।

उनले यहूदी विरोधी गतिविधिहरूसँग लड्न कार्यकारी आदेश हस्ताक्षर गरेका थिए।

विदेश सचिव मार्को रुबियोले हालै पक्र र रद्ध नामक एक एआई-आधारित पहल सुरु गरेका छन् । जसले आतंकवादी समूहहरूलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको प्रवेशाज्ञा (भिसा )रद्ध गर्नेछ ।*उनले सामाजिक सञ्जाल एक्समा हमास जस्ता आतंककारी समूहलाई समर्थन गर्ने जोसुकैले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरा पुर्‍याउँछ। यस्ता व्यक्तिहरूले प्रवेशाज्ञा (भिसा ) अस्वीकृति, स्वदेश फिर्ती र देशबाट निष्कासनको सामना गर्नुपर्छ।

प्रतिक्रिया