अमेरिकी सहायता रोकिए पछि रुसी आक्रमणमा युक्रेनमा ४ जनाको मृत्यु,३० भन्दा बढी घाइते

इनेप्लिज २०८१ फागुन २२ गते ११:३६ मा प्रकाशित

अमेरिकी सहायता रोकिए पछि रुसी आक्रमणमा युक्रेनमा ४ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी सैन्य सहायता र गुप्तचर साझेदारी रोक्ने निर्णय गरे पछि रुसी आक्रमण भएको हो ।

एबिसीन्यूजका अनुसार अमेरिकी सैन्य सहायता रोकिएपछि युक्रेनी अधिकारीहरू पश्चिमी सहयोगीहरूसँग थप सुरक्षा सहायता मागिरहेका छन्। यस कदमले युक्रेनी हवाई रक्षा प्रणाली कमजोर हुन सक्ने चिन्ता बढाएको छ।

जेलेन्स्की र ट्रम्पबीच गत साता ओभल कार्यालय( अफिस)मा भएको तनावपूर्ण बैठकपछि यो निर्णय आएको हो। व्हाइट हाउसका अधिकारीहरूका अनुसार यदि युक्रेनले रुससँग शान्ति सम्झौताका लागि ठोस कदम चालेमा सहायता पुनः सुरु हुन सक्ने बताएको छ ।

युक्रेनी वायु सेनाले रातभर ११२ वटा मानव रहित यान (ड्रोन )र दुईवटा क्षेप्यास्त्र युक्रेनमा प्रहार भएको जनाएको छ। ती मध्ये ६८ मानव रहित यान (ड्रोन)लाई नष्ट गरिएको र ४३ वटा गन्तव्यमा पुग्नुअघि खसेको बताएको छ ।

“एउटा प्राक्षेपिक (ब्यालिस्टिक )क्षेप्यास्त्रले एउटा सामान्य अतिथिगृह (होटल)लाई आक्रमण गर्‍यो,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । चार जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। यो आक्रमण अन्तर्राष्ट्रिय स्वयंसेवकहरूको एक समूह अतिथिगरिह (होटल)मा प्रवेश गरेको केही समयपछि भएको हो। तर, स्वयंसेवकहरू सुरक्षित रहेको बताइएको छ।

सूत्रहरूका अनुसारआक्रमणबाट बच्ने स्वयंसेवकहरूमध्ये दुई जना अमेरिकी नागरिकहरू थिए । जो फ्रिडम ट्रस्ट र युक्रेन रिलिफ संस्थामा कार्यरत थिए।

रुसी क्षेप्यास्त्र र मानव रहित यान आक्रमण युक्रेनमा दैनिक जसो भइरहेको छ। युक्रेन पश्चिमी हवाई रक्षा प्रणालीमा निर्भर रहेको र आउने आक्रमणहरू रोक्न सहयोग गर्छ।

जेलेन्स्की बिहीबार ब्रसेल्स, बेल्जियम जाँदैछन्, जहाँ उनले युरोपेली नेताहरूसँग भेटघाट गरी थप सैन्य र राजनीतिक समर्थनको आग्रह गर्नेछन्। विशेषगरी, हवाई प्रतिरक्षाका लागि सहायता उनको प्राथमिक माग हुनेछ। यसैबीच सिआइएका निर्देशक जोन र्‍याटक्लिफका अनुसार ट्रम्पले “रोक” लगाउन भनेका छन् तर उनी शान्तिका लागि प्रतिबद्ध छन्।

“यदि यो वार्ता अघि बढ्छ भने सहायता र गुप्तचर साझेदारीको यो रोक हट्न सक्छ,” र्‍याटक्लिफले भने ।

प्रतिक्रिया