संघीय कर्मचारीहरूको रक्षा गर्ने स्वतन्त्र संघीय बोर्ड(समिति )ले अमेरिकी कृषि विभाग (युएसडिए )का ५,००० भन्दा बढी कर्मचारीहरूलाई अस्थायी रूपमा पुनर्बहाली गर्ने आदेश दिएको छ। मेरिट सिस्टम प्रोटेक्सन बोर्ड(योग्यता प्रणाली संरक्षण समिति)ले निर्णय सुनाउँदै अमेरिकी कृषि विभागले प्रयोगात्मक अवधिमा रहेका कर्मचारीहरूलाई अवैध रूपमा हटाएको ठहर गरेको हो।
समिति (बोर्ड)को आदेश अनुसार फेब्रुअरी १३ पछि “कार्यसम्पादन” को आधारमा बर्खास्त गरिएका सबै कर्मचारीहरूलाई पुनर्बहाली गर्नुपर्नेछ। एमएसपिबि ले कुनै पनि संघीय कर्मचारीलाई स्पष्ट कारणबिना हटाउन पाइँदैन भनेको छ ।
यो निर्णय केवल प्राविधिक विषय होइन। कुनै पनि कर्मचारी हटाउनु अघि उनको योग्यता स्पष्ट रूपमा मूल्यांकन गर्नु आवश्यक छ, जसले उत्कृष्ट कर्मचारीहरू अनावश्यक रूपमा गुम्न नदिओस्,आदेशमा उल्लेख गरिएको छ।
यो कानुनी जीत दुई छुट्टाछुट्टै अदालतका फैसलाहरू पछि आएको हो, जसमा संघीय विशेष परामर्शदाता ह्याम्पटन डेलिन्जर र एमएसपिविका अध्यक्ष क्याथी ह्यारिस पुनर्बहाली भएकी थिइन् । संघीय न्यायाधीशहरूले निर्णय गरेअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती अधिकारीहरूलाई कारणबिना हटाउन सक्दैनन्।एमएसपिविको पछिल्लो निर्णयले त्यही नियम युएसडिएका हजारौं कर्मचारीहरूका लागि पनि लागू हुन्छ।
डेलिन्जरले यो महत्त्वपूर्ण निर्णयका लागि एमएसपिबिलाई धन्यवाद भन्दै अन्य संघीय निकायहरूलाई प्रयोगात्मक अवधि भएका कर्मचारीहरूको अवैध बर्खास्तगी तत्काल फिर्ता लिन आग्रह गरेका छन्।
हाल ट्रम्प प्रशासन संघीय कर्मचारीहरूलाई हटाउने अभियान अघि बढाइरहेको छ तर प्रशासन कानुनी रूपमा चुनौतिहरूको सामना गरिरहेको छ।
क्यालिफोर्नियाको संघीय अदालतले पनि कर्मचारी हटाउने निर्णय अवैध भएको ठहर गरिसकेको छ। एबिसीन्यूजका अनुसार एमएसपिबिको यो निर्णयले अन्य संघीय कर्मचारीहरूका लागि पनि कानुनी राहतको बाटो खोल्न सक्छ।
प्रतिक्रिया