अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अटोमोबाइल कम्पनी( गाडी निर्माण गर्ने प्रतिष्ठान)हरूलाई एक महिनाको भन्सार महसूल छूट दिने घोषणा गरेका छन्। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार, यो निर्णय ट्रम्पले फोर्ड ,जेनेरल मोटर्स ,स्टेल्यानटिसका नेताहरूसँगको छलफलपछि गरेका हुन्।
मार्च ४ देखि लागू भएको २५% भन्सार महसूल (क्यानडा र मेक्सिकोबाट आउने सामानमा) र १०% भन्सार महसूल (चिनियाँ आयातमा)अमेरिकी गाडी निर्माण उद्योगका लागि ठूलो चुनौती बन्ने देखिएको थियो।
अमेरिकामा उत्पादन हुने गाडीहरूका लागि आवश्यक विभिन्न पाटपूर्जा क्यानडा, मेक्सिको र चीनबाट आउने भएकाले लागत अत्यधिक वृद्धि हुने खतरा थियो। नयाँ भन्सार महसूलका कारण केही गाडीहरू १२,२०० डलर महँगो हुन सक्ने अनुमान गरिएको छ।
ट्रम्प प्रशासनका अनुसार, यो कदमको उद्देश्य अमेरिकी कम्पनीहरूलाई आपूर्ति श्रृंखला (सप्लाई चेन )अमेरिका भित्र सार्न समय दिनु हो। ट्रम्पले गाडी निर्माण (अटो) उद्योगका नेताहरूसँगको कुराकानीमा अमेरिकामा उत्पादन सार्न सुरु गर्न र लगानी गर्दा महसूल तिर्नुपर्दैन बताए ।
यसैबीच, क्यानडा र चीनले बदला स्वरूप नयाँ महसूल कर लगाउने घोषणा गरिसकेका छन्, । मेक्सिकोले आइतबार आफ्नो प्रतिक्रिया सार्वजनिक गर्नेछ। आगामी एक महिनापछि ट्रम्प प्रशासनले महसूल हटाउने वा थप कडा नीति लिने भन्ने टुंगो लाग्नेछ।
प्रतिक्रिया