बुधबार एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई चिकित्सा अनुसन्धानको बजेटमा ठूलो कटौती गर्नबाट रोक लगाएका छन् ।
यो फैसला स्वास्थ्य अनुसन्धानको लागि ठूलो सफलता हो। संघीय न्यायाधीश एन्जेल केल्लीले एनआईएचको नयाँ नीति अस्थायी रूपमा रोकेर अनुसन्धान समूहहरूलाई ठूलो आर्थिक संकटबाट बचाएको छ ।
नयाँ नीति अनुसार राष्ट्रिय स्वास्थ्य संस्थान(एनआईएचले) अप्रत्यक्ष खर्चहरू (जस्तै बिजुली,सुरक्षा कर्मचारी, सफाइ आदि) प्रवन्ध (कभर )गर्न दिनुपर्ने रकम १५% मा सीमित गर्ने निर्णय गरेको थियो । जसको कारण विश्वविद्यालय, अस्पताल, र अनुसन्धान संस्थाहरूमाथि ठूलो असर पार्ने थियो।
तर २२ वटा राज्य र अनुसन्धान संस्थाहरूले यसविरुद्ध मुद्दा हालेपछि न्यायाधीशले हाललाई नीति कार्यान्वयन रोकिदिएका छन्।
बोस्टनका अमेरिकी जिल्ला न्यायाधीश एन्जेल केल्लीले गत महिना ती कटौतीहरूलाई अस्थायी रूपमा रोक लगाएकी थिइन् । बुधबार उनले एक प्रारम्भिक आदेश जारी गर्दै ती कटौतीहरूलाई अझ लामो समयसम्म रोक राख्ने निर्णय गरिन् ।
राष्ट्रिय स्वास्थ्य संस्थान(एनआईएचले)जैविक चिकित्सा अनुसन्धानको मुख्य वित्तीय स्रोतले गत वर्ष अनुसन्धान समूहहरूलाई लगभग ३५ बिलियन डलर अनुदान दिएको थियो। यो कुल रकमलाई “प्रत्यक्ष” खर्चमा विभाजन गरिएको छ । जसमा अनुसन्धानकर्ताहरूको तलब र प्रयोगशाला सामग्रीको खर्च समावेश गरिएको छ । साथै “अप्रत्यक्ष” खर्च जसमा यस कार्यलाई समर्थन गर्नका लागि प्रशासनिक र सुविधा खर्च समावेश रहेका छन् ।
पहिलेको नीति अनुसार, सरकारले ती दरहरू संस्थानहरूसँग वार्ता गर्थ्यो। उदाहरणको लागि एक संस्थान जसको ५०% अप्रत्यक्ष खर्च दर छ भने, १,००,००० डलरको परियोजनाका लागि अर्को ५०,००० डलर अप्रत्यक्ष खर्चको रूपमा प्राप्त गर्थ्यो।
प्रतिक्रिया