राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भएको कुराकानी भएको उनको सामाजिक सॅजाल मार्फत बताएका छन् ।
ट्रम्पका अनुसार, ट्रुडोले आयात कर छलफल गर्न कुरा गरेका थिए, तर ट्रम्पले फेन्टानिल तस्करीको विषय उठाउँदै क्यानाडा र मेक्सिकोबाट आउने अवैध लागू पदार्थ रोक्न पर्याप्त प्रयास नभएको बताए।
ट्रुडोले समस्या सुधारिएको दाबी गरे पनि, ट्रम्पले त्यो “पर्याप्त छैन” भनेर जवाफ दिए। अन्ततः, ट्रम्पले भनेअनुसार, वार्ता “कुनै हदसम्म” मैत्रीपूर्ण रूपमा टुंगिएको थियो। साथै, उनले ट्रुडोलाई क्यानाडाको चुनाव कहिले हुने भनेर सोध्दा ट्रुडोले स्पष्ट जवाफ नदिएको कुरा उल्लेख गरे।
ट्रम्पले यस घटनालाई ट्रुडोको राजनीतिक रणनीतिसँग जोडेका छन्, उनले ट्रुडो भन्सार मुद्दा उठाएर आफ्नो सत्तालाई बलियो बनाउन खोजिरहेको हुनसक्ने संकेत गरेका छन्। ट्रम्पको “गुड लक, जस्टिन!” भनाई व्यंग्यात्मक रूपमा लिइएको छ, जसले दुई नेताबीचको जटिल सम्बन्ध देखाउँछ।
प्रतिक्रिया