ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ठूलो सम्बोधन कंग्रेसको संयुक्त सत्रमा दिने, तर यो संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने औपचारिक सम्बोधन हैन

इनेप्लिज २०८१ फागुन २० गते २३:३२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मार्च ४ मंगलवार राती कंग्रेसको संयुक्त सत्रमा पहिलो पटक आफ्नो दोस्रो कार्यकालको संबोधन गर्ने भएका छन् । तर र यो संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने औपचारिक भाषण हैन । अर्थात् स्टेट अफ द युनियन भेला हैन् ।

स्टेट अफ द युनियन अमेरिकी राष्ट्रपतिद्वारा हरेक वर्ष अमेरिकी कांग्रेस (संसद) को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने औपचारिक भाषण हो। यो सम्बोधनमा राष्ट्रपतिले देशको वर्तमान अवस्था, प्रमुख उपलब्धिहरू, चुनौतीहरू, र आगामी वर्षका नीति तथा योजनाहरू प्रस्तुत गर्छन्। वार्षिक सम्बोधन – हरेक वर्ष जनवरी वा फेब्रुअरीमा हुन्छ। अमेरिकी संविधान अनुसार राष्ट्रपतिले समय-समयमा कांग्रेसलाई “देशको अवस्था” बारे जानकारी दिनुपर्छ।

तर आज फरक सम्बोधन हो । उनले यो “अमेरिकी स्वप्नको पुनर्निर्माण” को विषयमा आफ्नो योजनाहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले मंगलवार राति ९ बजे अमेरिकी पूर्वीय समय अनुसार कंग्रेसका सबै सदस्यहरूको उपस्थितिमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो सम्बोधन आधिकारिक रूपमा सम्बोधन भनेर नामकरण गरिएको छैन, किनकि ट्रम्पले आफ्नो कार्यालयको एक वर्षको पूर्ण अवधि पूरा गरेका छैनन् । यद्यपि उनले त्यस्तै तरिकामा सम्बोधन गर्ने फक्सन्यूजले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो “अमेरिका महान बनाऊ” नीतिहरूसँग संघीय सरकारलाई समायोजन गर्न तीव्र गतिमा काम गर्दै आएका छन्। ट्रम्पले आफ्नो पहिलो कार्यकालको पहिलो दिन जनवरी २० देखि करिव २०० भन्दा बढी कार्यकारी आदेशहरू जारी गरेका छन् ।

व्हाइट हाउसका अधिकारीहरूले फक्स न्यूजलाई बताए अनुसार, “अमेरिकी स्वप्नको पुनर्निर्माण” भन्ने शीर्षकमा आधारित यो सम्बोधन चार मुख्य खण्डहरूमा विभाजित हुनेछ: ट्रम्पको दोस्रो कार्यकालको अहिले सम्मका आन्तरिक र बाह्य उपलब्धिहरू; ट्रम्प प्रशासनले अर्थतन्त्रकोमा गरेका प्राप्ति ; कंग्रेससँग सीमा सुरक्षा कोष थप पारित गराउन ट्रम्पको नयाँ प्रयास; र संसारभरि शान्तिका लागि राष्ट्रपति ट्रम्पका योजनाहरु रहेका छन् ।

प्रतिक्रिया