ट्रम्पले युक्रेनी सैन्य सहायता रोक्दा रुसद्वारा आक्रमण सुरु 

इनेप्लिज २०८१ फागुन २० गते १५:१८ मा प्रकाशित
Screenshot

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सैन्य सहायता रोक्दा रुसद्वारा आक्रमण सुरु गरेको छ ।

रुसले सोमबार रातभरि करिब सयवटा मानवरहित उपकरण( ड्रोन) युक्रेनमा आक्रमण गर्दा कम्तीमा चार जना घाइते भएका छन्।

देशको ऊर्जा संरचना तथा दक्षिणी शहर ओडेसामा आवासीय भवनहरूमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले मंगलबार बताएका छन्।

यो रुसी हवाई आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको विवादपछि कीभलाई पठाइने अमेरिकी सैन्य सहायता अस्थायी रूपमा रोक्ने निर्णय गरेको खबर पाए पछि भएको हो ।

युक्रेनी वायु सेनाका अनुसार, सोमबार रातभरि रुसले देशभरि ९९ वटा मानव रहित यान प्रहार गर्यो र युक्रेनले ६५ वटा खसाल्न सफल भयो।

वायु सेनाले अन्य ३२ वटा  मानव रहित यान(ड्रोन )लक्ष्यमा नपुगेको जनाएको सिएनएनले जनाएको छ ।

उत्तर क्षेत्र सुमीका अधिकारीहरूले रुसी मानव रहित यान आक्रमणका कारण बाल चिकित्सा केन्द्रमा क्षति पुगेको जनाएका छन्।

पूर्वी डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणका कारण एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दक्षिणी खेर्सन क्षेत्रमा रुसी आक्रमणका कारण थप पाँच जना घाइते भएका अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया