युक्रेनी संसदद्वारा ट्रम्प प्रति प्रगाढ कृतज्ञता व्यक्त

इनेप्लिज २०८१ फागुन १९ गते २३:३६ मा प्रकाशित

युक्रेनको संसदले आज मार्च ३ का दिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रगाढ कृतज्ञता व्यक्त गर्दै रुससँगको युद्ध अन्त्य गर्न उनले गरेका प्रयासहरूको प्रशंसा गरेको छ।

“युक्रेनी जनताको तर्फबाट, युक्रेनको वेर्खोभना राडा (संसद) ले राष्ट्रपति डोनाल्ड ट्रम्प, संयुक्त राज्य कांग्रेस, र अमेरिकी जनतालाई युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता, र क्षेत्रीय अखण्डताको लागि उनीहरूको दृढ र निरन्तर समर्थनको लागि गहिरो कृतज्ञता व्यक्त गर्दछ। साथै, युक्रेनलाई प्रदान गरिएका सुरक्षा सहायता संपुष्टि (प्याकेज)हरूको लागि, जसले अग्रपंक्तिमा स्थितिलाई स्थिर गर्न मद्दत गरेको छ,” संसदद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यो विज्ञप्ति युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, ट्रम्प, र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीचको तातो बहस भेटघाटपछि आएको हो। उक्त भेटमा अमेरिकी नेताद्वयले युक्रेनलाई दिइएको अमेरिकी समर्थनका लागि जेलेन्स्कीले पर्याप्त आभार व्यक्त नगरेको भन्दै आलोचना गरेका थिए। बैठक बिना कुनै सहमति टुंगिएको थियो, जसमा जेलेन्स्कीले अमेरिकालाई युक्रेनका खनिजहरूमा थप पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो।

युक्रेनी संसदको विज्ञप्तिमा “संयुक्त राज्य अमेरिकासँगको रणनीतिक साझेदारीलाई अझ विकसित गर्ने आवश्यकताको” साथै “विशेष रूपमा महत्वपूर्ण खनिजहरूको खोज तथा उत्खननमा सहयोग” आवश्यक रहेको उल्लेख गरिएको छ।

यसअघि आज, ट्रम्पले व्हाइटहाउसमा खनिज सम्झौताको सम्बन्धमा भोली राती अध्यावधिक दिने बताए। उनले आज व्हाउट हाउसमा आयोजना गरिएको एक कार्यक्रममा ताइवान सेमीकन्डक्टर मैन्युफ्याक्चरिंग कम्पनी (अर्ध संवाहक निर्माण प्रतिष्ठान -टिएसएमसी )ले संयुक्त राज्य अमेरिकामा १०० बिलियन लगानी गर्ने घोषणा गरेको समयमा जेलेन्स्कीलाई वाशिङ्टनको समर्थनको लागि अझ कृतज्ञ हुनुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया