राष्ट्रिय गुप्तचर निर्देशक तुलसी ग्याबार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनमा जारी रुसको युद्ध अन्त्य गर्न सक्ने “एकमात्र व्यक्ति” भएको बताइन ।
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने भए पनि, त्यसलाई आफ्नै देशको “विजय” को रूपमा मात्र स्वीकार गर्ने बताइन्।
“राष्ट्रपति ट्रम्पले तीन वर्ष लामो रक्तपातपूर्ण युद्धको तत्काल अन्त्यको आवश्यकतालाई बुझ्नुहुन्छ ,उहाँले प्रमाणित गर्नुभएको छ र यो गर्न सक्ने एकमात्र व्यक्ति उहाँ नै हुनुहुन्छ,” ग्याबार्डले आइतबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भनिन्।
जेलेन्स्कीको उद्देश्य फरक भएको उनले बताइन । ग्याबर्डले ट्रम्प र जेलेन्स्कीबीच भविष्यमा कुनै पनि वार्ता अघि बढ्नुअघि “सकारात्मक वार्ताको मनोवृत्तिमा पुनर्निर्माण” आवश्यक पर्ने बताइन्।
तुलसी ग्याबर्ड पहिले डेमोक्र्याटिक दलसँग जोडिएकी र उनि प्राथमिक निर्वाचनमा अमेरिकी राष्ट्रपतिकी उम्मेदवार समेत भएकी थिइन् । तर प्राथमिक निर्वाचनमा उम्मेदवारी फिर्ता लिएकी थिइन् । सन् २०२४ को चुनावमा उनले ट्रम्पलाई समर्थन गरे पछि उनलाई यो पद दिइएको हो ।
प्रतिक्रिया