इजरायलको हाइफामा भएको आतंकवादी आक्रमणमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहूले हाइफामा भएको ‘भयानक आतंकवादी आक्रमण’ को संज्ञा दिदै निन्दा गरे।
मार्च ३ सोमबारका दिन इजरायलको हाइफामा भएको छुरा प्रहारमा एक जनाको मृत्यु र चार जना घाइते भए।
नेतन्याहूले हाइफामा भएको भयानक आतंकवादी आक्रमणको पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक विज्ञप्तिमा भने।
प्रतिक्रिया