सामाजिक सुरक्षा प्रशासनले ७,००० कामदारलाई जागिरबाट हटाउने

इनेप्लिज २०८१ फागुन १८ गते २१:३१ मा प्रकाशित

ट्रम्प प्रशासनले संघीय कार्यबलको आकार घटाउने निरन्तर प्रयासहरूको बीचमा “महत्वपूर्ण कार्यबल कटौती” को एक भागको रूपमा ७,००० जागिर कटौती गर्ने योजना बनाएको सामाजिक सुरक्षा प्रशासनले बताएको छ।

सामाजिक सुरक्षा प्रशासनले आफ्ना क्षेत्रीय कार्यालयहरूलाई १० बाट ४ मा घटाउने भएको छ ।

निकायले कामदारहरूलाई प्रारम्भिक अवकाश र स्वैच्छिक भुक्तानी पनि प्रदान गरिरहेको छ । यदी कर्मचारीहरु यदि योग्य भएमा १५,००० देखि २५,००० सम्म आर्थिक लाभ पाउने छन् । एबिसीन्यूजका अनुसार स्वेच्छाले छोड्न चाहना राख्ने कामदारहरूले मार्च १४ सम्ममा निर्णय लिनु पर्ने छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च कटौती गर्ने प्रयास गर्दा सामाजिक सुरक्षालाई “छुने छैन” भन्दै यस कुरामा जोड दिएका छन्।

प्रतिक्रिया