राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अंग्रेजीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषा घोषणा गरेका छन्।
पुरानो नीति खारेज :
यो कार्यकारी आदेशले पूर्व राष्ट्रपति बिल क्लिन्टन प्रशासनद्वारा जारी गरिएको आदेशलाई खारेज गर्छ, जसले संघीय कोष प्राप्त गर्ने निकायहरूलाई गैर-अंग्रेजी वक्ताहरूका लागि विस्तृत भाषा सहायता प्रदान गर्न निर्देशन दिएको थियो।
ट्रम्पको आदेशपछि संघीय निकायहरूलाई अब अन्य भाषामा सेवा प्रदान गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने लचिलोपन दिइएको छ। यद्यपि, तिनीहरूले हालकै नीति निरन्तरता दिन सक्छन् र आवश्यक परेमा अन्य भाषामा कागजात तथा सेवाहरू उपलब्ध गराउन सक्छन्।
नयाँ आदेशको असर :
१ ) सरकारी सेवा र कागजातहरू : अब सरकारी निकायहरूले अंग्रेजीबाहेक अन्य भाषामा सेवा दिने कि नदिने भन्ने विषयमा आफ्नै नीति निर्धारण गर्न सक्नेछन्।
२) अप्रवासी समुदायमा प्रभाव – यस आदेशले अंग्रेजी नबोल्ने आप्रवासी समुदायहरूलाई विशेष गरी स्वास्थ्य, कानुनी सहायता, र सरकारी सुविधाहरूमा पहुँचको सवालमा चुनौती सिर्जना गर्न सक्छ ।
३ )राजनीतिक विवाद : अंग्रेजीलाई आधिकारिक भाषा बनाउन ट्रम्पको निर्णयलाई समर्थन गर्नेहरूले यो कदमलाई अमेरिकी संस्कृतिको रक्षा गर्ने उपायको रूपमा लिएका छन् तर विपक्षीहरूले यसले गैर-अंग्रेजी बोल्नेहरूलाई विभेद गर्ने तर्क गरिरहेका छन्।
ट्रम्पको तर्क :
ट्रम्प र उनका समर्थकहरूले यस कदमलाई “राष्ट्रभक्तिपूर्ण नीति” भन्दै बचाउ गरेका छन्। ट्रम्प प्रशासनका अनुसार, “संयुक्त राज्य अमेरिका अंग्रेजीमा सञ्चालन हुने देश हो, र सरकारी सेवाहरू पनि त्यही भाषामा प्रदान गरिनुपर्छ।”
यस आदेशले अमेरिकी समाजमा भाषा र संस्कृति सम्बन्धी बहसलाई अझ चर्काउने संकेत देखिन्छ।
अघिल्लो समाचार : ट्रम्पद्वारा कार्यकारी आदेश मार्फत अंग्रेजीलाई अमेरिकी आधिकारिक भाषा बनाउने तयारी :
प्रतिक्रिया