अमेरिकाको क्यालिफोर्निया राज्यमा एक युवक आफ्नी आमाको शव गाडीमा राखेर भाग्ने क्रममा पक्राउ परेका छन् ।
एबिसीन्यूजका अनुसार क्यालिफोर्नियामा एक युवकलाई आफ्नी आमाको शव आफ्नो सवारी साधनको पछाडी (ट्रंक)मा राखेर भाग्ने क्रममा पक्राउ परेका छन्। प्रहरीका अनुसार २४ वर्षीय रिचर्ड लेइवाले आफ्नो निजी सावारी साधन( कार) को पछाडी सामान राख्ने स्थल (ट्रंक)मा ५१ वर्षीया जेमिसन वेब्स्टरको शव बोकेर भाग्ने प्रयास गरेका थिए।
घटना गत मंगलबार एल काजोन प्रहरी विभागमा कसैले खबर गरेका थिए । मृतक महिलाको अर्का छोराले आमालाई भेट्न मोटेल ६ नामको पाहुनाघर पुगेका थिए, तर त्यहाँ उनको शव गाडीको पछाडी सामान राख्ने ठाउँ (ट्रंक)मा फेला परेको थियो।
त्यसपछि दुई दाजुभाइबीच भनाभन भएको थियो। लेइवाले गाडी चलाएर आफ्नै दाजुलाई ठक्कर दिए तर दाजु घाइते भएनन्। प्रहरीले कारलाई रोक्न खोज्दा लेइवा भागे । तर प्रहरीले लामो समय सम्म पछ्यायो।
प्रहरीले पछ्याउने क्रममा लेइवाले दुईवटा गाडीमा ठक्कर दिए पछि दुर्घटना भयो । उनलाई नियन्त्रणमा लिन शरीरलाई स्थिर राख्न टेजर बन्दुक प्रयोग गरिएको थियो। प्रहरीले गाडीको निरीक्षण गर्दा महिलाको शव फेला पारे जसको मृत्युलाई हत्या मानिएको छ।
लेइवामाथि हत्या,घातक हतियार प्रयोग गरी आक्रमण र प्रहरीलाई छल्ने प्रयासका अभियोगहरू लगाइएका छन् ।
प्रहरी अनुसन्धान अझै जारी छ।
प्रतिक्रिया