एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनका कार्यकारी आदेशहरूलाई असंवैधानिक बताउँदै अस्थायी रूपमा रोक लगाएका छन् । यो फैसलाले ट्रान्सजेन्डर (परालैङ्गिक) अधिकार तथा स्वास्थ्य सेवासम्बन्धी नीतिहरूमा महत्वपूर्ण असर पार्ने देखिन्छ।
न्यायाधीश लरेन किङको निर्णयले ट्रम्प प्रशासनका कार्यकारी आदेशहरूलाई असंवैधानिक बताउँदै तिनको कार्यान्वयनलाई अस्थायी रूपमा रोक लगाएको छ। अब यस मुद्दाको विस्तृत कानुनी प्रक्रिया अघि बढ्नेछ, जसमा अन्तिम निर्णय संघीय अदालत वा सर्वोच्च अदालत सम्म जान सक्ने सम्भावना रहेको छ ।
यो फैसलाले अमेरिकी संविधानको शक्ति विभाजनको सिद्धान्तलाई पुनःस्थापित गरेको देखिन्छ। संघीय न्यायाधीश किङले ट्रम्प प्रशासनका दुई कार्यकारी आदेशहर एक परालैङ्गिक (ट्रान्सजेन्डर) युवाको स्वास्थ्य सेवासँग सम्बन्धित र अर्को संघीय कोषलाई प्रभावित गर्न कार्यान्वयन गर्न रोक लगाएका छन्।
के भन्छ यो फैसला ?
न्यायाधीश किङले कार्यकारी आदेशहरूले “कानूनलाई पुनर्लेखन” गर्न खोजिरहेको जुन कांग्रेसको अधिकार क्षेत्रभित्र पर्ने बताए । राष्ट्रव्यापी प्रतिबन्ध लगाउनुको साटो न्यायाधीशले प्रभावित राज्यहरूमा मात्र कार्यान्वयन रोक्ने आदेश दिएका छन्।
यो आदेशले उनीहरूको लिंग पुष्टिसेवाहरूमा असर पार्ने थियो। साथै परालैङ्गिक (ट्रान्सजेन्डर) समुदायलाई सेवा दिने संस्थाहरूलाई संघीय आर्थिक सहयोग रोक्ने सम्भावित प्रयासलाई न्यायालयले अवरुद्ध गरेको छ।
न्यायाधीश किङ पूर्व राष्ट्रपति जो बाइडेनद्वारा मनोनित न्यायाधीश हुन् ।
प्रतिक्रिया