व्हाइट हाउसमा चर्काचर्की पछि बेलायती प्रधानमन्त्रीको ट्रम्प र जेलेन्स्की दुवैसँग कुराकानी

इनेप्लिज २०८१ फागुन १७ गते १३:३५ मा प्रकाशित

व्हाइट हाउस ओभल अफिस(कार्यालय)मा उनीहरूको तातो बहसपछि बेलायती प्रधानमन्त्री केयर स्टारमरले शुक्रबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुवैसँग कुरा गरे ।

डाउनिंग स्ट्रिटका प्रवक्ताका अनुसार स्टारमरले “युक्रेनको लागि आफ्नो अटल समर्थन कायम राखेका छन् । र ,युक्रेनको सार्वभौमसत्ता र सुरक्षामा आधारित दिगो शान्तिको बाटो खोज्न आफ्नो भूमिका खेलिरहेका छन्,” ।

“प्रधानमन्त्री आइतबार राष्ट्रपति जेलेन्स्की सहित अन्तर्राष्ट्रिय नेताहरूको आयोजना गर्न तत्पर छन्,” प्रवक्ताले युक्रेनको लागि समर्थनको बारेमा छलफल गर्न स्टारमरको युरोपेली नेताहरूको आगामी शिखर सम्मेलनलाई उल्लेख गर्दै भने।

स्टारमरले ह्वाइट हाउसमा ट्रम्पसँग भेटेको एक दिन पछि ट्रम्प-जेलेन्स्की बीच बहस भएको थियो ।

प्रतिक्रिया