सामाजिक सुरक्षा प्रशासन (एसएसए) ले आफ्नो कार्यबलमा “महत्वपूर्ण कटौती” अघि स्वेच्छिक सुबिधा कार्यक्रम ल्याएको छ। यस योजनाअन्तर्गत, कर्मचारीहरूलाई १५ ,००० देखि २५,००० हजार डलर सम्मको वित्तीय प्रोत्साहन प्रदान गरिनेछ ।
यदि उनीहरूले मार्च १४ भित्र आवेदन दिई अप्रिल १९ भित्र सामाजिक सुरक्षा प्रशासन छोड्ने निर्णय गरेमा उक्त सुबिधा दिईने सिबिएसन्यूजले जनाएको छ ।
एसएसएको आन्तरिक सन्देशअनुसार निकट भविष्यमा व्यापक पुनर्संरचना, पदहरू खारेजी, र कर्मचारी पुन: जिम्मेबारी हुन सक्छ। संघीय कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम)ले सबै सरकारी निकायहरूलाई मार्च १३ भित्र पुनर्संरचना योजना पेश गर्न र सम्भावित “बल कटौती” को तयारी गर्न निर्देशन दिएको छ।
यो पुनर्संरचनाका कारण एसएसएको सेवा वितरणमा ढिलाइ हुन सक्ने ,साथै ७२.५ मिलियन लाभार्थीहरू प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। साथै, सामाजिक सुरक्षा कोष २०३५ भित्र समाप्त हुन सक्ने सम्भावना रहेको बताइएको छ।
विशेषज्ञहरूले एसएसएका कर्मचारीहरूलाई आफ्नो वित्तीय योजना र निवृतिभरण योग्यताका आधारमा निर्णय लिन सल्लाह दिएका छन्। इच्छुक कर्मचारीहरूले आफ्नो मानव संसाधन विभाग वा वित्तीय सल्लाहकारसँग परामर्श गर्नुपर्नेछ।
प्रतिक्रिया