राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५% ट्यारिफ मार्च ४ देखि लागू हुने बिहीबार घोषणा गरेका छन् । साथै चीनबाट आयात हुने सामानहरूमा थप १०% शुल्क लगाउने चेतावनी पनि दिए।
मेक्सिको र क्यानडाबाट अझै पनि ठूलो मात्रामा लागू औषधि हाम्रा देशमा आइरहेको ट्रम्पले बिहीबार बिहान आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे।
उनले अमेरिका छिमेकी राष्ट्रहरूमा लगाइने भन्सार महसुललाई अवैध आप्रवासन र फेन्टानिलको आपूर्तिसँग जोडेका छन्।
“हामी यस संकटलाई अमेरिकालाई क्षति पुर्याउन दिन सक्दैनौं, प्रस्तावित आयात करहरु मार्च ४ मा लागू हुनेछ,” उनले भने।
मेक्सिको र क्यानडामा २५% आयात कर पहिल्यै लागू गर्ने तय गरिएको थियो, तर ट्रम्पले यसअघि चीनबाट आयात हुने सामानमा थप १०% शुल्क लगाउने धम्की दिएका थिएनन्। यसअघि नै चीनका सामानहरूमा १०% आयात कर लागू भइसकेको थियो।
प्रतिक्रिया