राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिस(कार्यालय)बाट बुधबार घोषणा गर्दै वाशिङ्टनको प्रतिष्ठित कानुनी फर्म(व्यवसाय) कभिङ्गटन एण्ड बर्लिङ्गका ती कर्मचारीहरूको सुरक्षा स्वीकृति (सेक्युरिटी क्लिअरेन्स )निलम्बन गर्ने र पुनरावलोकन गर्ने निर्णय गरेका छन् ।
ट्रम्पले चुनाव उल्टाउने र व्हाइटहाउसको वर्गीकृत कागजात फ्लोरिडाको मारालागो भवनमा लागेको लगायतमा संघीय मुद्धाक मुख्य विशेष अनुसन्धानकर्ताको रुपमा काम गरेका वकिल ज्याक स्मिथसँग उक्त कानुन व्यवसायमा काम गरेका थिए।
ट्रम्पले उनलाई उत्तरदायी बनाइने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो निर्णयको घोषणा गर्दै भने ज्याक स्मिथको नेतृत्वमा विशेष अनुसन्धानकर्ताको कार्यालयलाई यस कार्यको परिणामस्वरूप हामी अब सो व्यवसायका वकिलहरू र कर्मचारीहरूको सुरक्षा स्वीकृति निलम्बन गर्दैछौं र पुनरावलोकन गर्दैछौं।
उनले अगाडी भने सरकारलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्ने व्यक्तिहरूलाई हामी जवाफदेही बनाउनेछौं।
ट्रम्पको प्रतिशोध: ज्याक स्मिथको मुद्दामा कारबाहीको संकेत :
ट्रम्पको यो कदम विशेष अनुसन्धानकर्ता ज्याक स्मिथ र उनको टोली विरुद्धको प्रतिशोधको निरन्तरता हो। स्मिथले ट्रम्पलाई दुई ठूला मुद्दाहरूमा अभियोग लगाएका थिए ।
कभिङ्गटन एण्ड बर्लिङ्गका कानुन व्यवसायी अमेरिकी कानुनी प्रणालीको एक प्रतिष्ठित फर्म हो जसले विगतमा विभिन्न प्रशासन र कानुनी मामिलामा महत्त्वपूर्ण भूमिका खेलेको छ।
सुरक्षा स्वीकृति निलम्बन भएपछि:
यो फर्मका वकिलहरू अब संवेदनशील सरकारी मुद्धा हरूमा काम गर्न सक्दैनन्। सरकारी ठेक्काहरू वा उच्च-स्तरका कानुनी मामिलामा सीमितता आउन सक्छ। विशेष गरी रिपब्लिकन नेतृत्वको प्रशासनमा कभिङ्गटन एण्ड बर्लिङ्गका कानुन व्यवसायीलाई प्रतिष्ठामा असर पर्न सक्छ ।
राजनीतिक प्रतिक्रिया र कानुनी चुनौतीहरू :
ट्रम्पको यो कदमले अमेरिकी राजनीतिमा ठूला बहसहरू सिर्जना गर्ने देखिन्छ। उनका समर्थकहरूले यसलाई राजनीतिक प्रतिशोधको रूपमा सही कदम भन्न सक्ने देखिएको छ भने उनका आलोचकहरूले सरकारी निकायलाई दुरुपयोग गर्ने भन्दै विरोध गर्न सक्ने देखिएको छ।
प्रतिक्रिया