ट्रम्पद्वारा आप्रवासन नीतिमा ठूला परिवर्तन ल्याउने भन्दै ‘गोल्ड कार्ड’ नामक नयाँ योजना ल्याउने घोषणा ,विदेशी नागरिकहरूले ५ मिलियन तिर्दा विशेष ‘गोल्ड कार्ड’ प्राप्त

इनेप्लिज २०८१ फागुन १४ गते ११:३९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा ठूला परिवर्तन ल्याउने भन्दै ‘गोल्ड कार्ड’ अर्थात् स्वर्ण पत्र नामक नयाँ योजना ल्याउने घोषणा गरेका छन्। यो योजना अनुरूप विदेशी नागरिकहरूले ५ मिलियन अर्थात् ५० लाख डलर तिरेर विशेष ‘स्वर्ण पत्र अर्थात् गोल्ड कार्ड’ प्राप्त गर्न सक्नेछन् ।

अर्थात् यसले स्थायी आवासीय पत्र (ग्रीन कार्ड )जस्तै काम गर्नेछ, तर नागरिकता प्राप्त गर्ने मार्गलाई झन् सजिलो बनाउनेछ।

राष्ट्रपति ट्रम्पले आफ्नो ओभल कार्यालय आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने हामी गोल्ड कार्ड ( अर्थात् स्वर्ण पत्र )बेच्दैछौं। अहिले मानिसहरूसँग स्थायी आवासीय पत्र (ग्रीन कार्ड )कार्ड छ, तर अब हाम्रो पत्र अर्थात् कार्ड गोल्ड कार्ड (स्वर्ण पत्र )हुनेछ। यसको मूल्य ५ मिलियन हुनेछ, र यसले स्थायी आवासीय पत्रका सबै विशेषाधिकार प्रदान गर्नेछ। साथै, यो अमेरिकी नागरिकता प्राप्त गर्न चाहने व्यक्तिहरूका लागि एक बलियो मार्ग हुनेछ।

ट्रम्पका अनुसार, यो कार्यक्रम मुख्यतः धनी तथा सफल व्यक्तिहरूलाई अमेरिकामा ल्याउन केन्द्रित हुनेछ। हामी सम्पन्न र सफल व्यक्तिहरूलाई हाम्रो देशमा ल्याउन चाहन्छौं। तिनीहरू यहाँ आएर ठूलो लगानी गर्नेछन्, धेरै कर तिर्नेछन्, र हजारौँ अमेरिकीहरूलाई रोजगारी दिनेछन्। यो योजना अभूतपूर्व हुनेछ र यसअघि कहिल्यै गरिएको थिएन , उनले भने ।

कंग्रेसको अनुमति आवश्यक छ या छैन?

ट्रम्पले यस योजना कार्यान्वयन गर्न कंग्रेसको स्वीकृति आवश्यक नपर्ने दाबी गरे। हामी कसैलाई सीधै नागरिकता दिइरहेका छैनौं। यो केवल नागरिकताका लागि एक बलियो मार्ग हो। त्यसैले हामीलाई कंग्रेसबाट अनुमोदन लिने जरुरी छैन।

तर, ट्रम्पको यो योजनाले अमेरिकी राजनीतिमा ठूलो बहस सिर्जना गर्ने सम्भावना रहेको छ। धेरै आलोचकहरूले यसलाई ‘धनीहरूका लागि अमेरिकी नागरिकता किन्ने अवसर’ भनेर व्याख्या गर्न सक्ने छन् ।

के रूसी अर्बपतिहरू पनि योग्य हुने छन्?

पत्रकारहरूले रूसी अर्बपति (ओलिगार्क) हरूले पनि यो योजना अन्तर्गत गोल्ड कार्ड किन्न सक्नेछन् भन्ने जिज्ञाशामा ट्रम्पले भने संभवतः केही रूसी अर्बपति निकै असल मानिसहरू छन्।

ट्रम्प प्रशासनले यो योजना आउँदो दुई हप्ताभित्र लागू गर्ने योजना बनाएको छ। यदि यो कार्यान्वयन भयो भने अमेरिकी आप्रवासन प्रणालीमा ठूलो परिवर्तन आउनेछ, जसले सम्पत्ति भएका व्यक्तिहरूलाई नागरिकताको मार्ग सहज बनाउनेछ।

प्रतिक्रिया