कुवेत एयरवेजमा न्यूयोर्कबाट काठमाडौं जाने यात्रीको लागि खुसीको खबर , १२५० -१५५० डलरमा आवतजावत गर्न पाइने

इनेप्लिज २०८१ फागुन १४ गते २:१५ मा प्रकाशित

अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाई कुवेत एयरवेज(बिमानसेवा)मा न्यूयोर्कबाट काठमाडौं जाने यात्रीको लागि खुसीको खबर आएको छ । गृष्मकालिन समयमा उत्कृष्ट भाडादरमा काठमाडौँ जान पाइने भएको छ ।

जेन ट्राभल्सका अनुसार विगत केही वर्ष देखि नेपालको भाडादर निकै महँगो छ । तर कुवेत एयरवेजले काठमाडौंमा केही उडानहरू थपे गरेको छ । जसले गर्दा यस गर्मीमा मौशममा पनि न्यूयोर्कबाट उडान गर्न अझ किफायती भएको छ।

मे महिनाको ६ र मे १३ मा तारिखमा १२५० -१५५० डलर ,मे २० मा १३८५ -१६५० डलर ,जुन महिना भरि १४९० -१८५० डलर ,जुलाई महिना १३८५ -१६५० डलर र अगस्त ५ मा १२५० -१५५० डलरमा नेपाल आवतजावत गर्न पाइने भएको छ ।

जेन ट्राभल्सले कुवेत एयरवेजसँग काठमाडौं जाने उडानहरूमा फाइदा उठाउनु सबै नेपाली समुदायलाई आह्रान गरेको छ । न्यूयोर्कबाट काठमाडौँ जाँदा पारवहन (ट्रान्जिट )समय ३-१० घण्टासम्म हुने हुनाले त्यसै अनुसार योजना बनाउन समेत जेन ट्राभल्सले यो सूचना जारी गरेको छ । । किफायती दरमा नेपाल जाने चाहना राख्ने सबैलाई आफ्नो स्थान सुरक्षित गर्न समेत जेन ट्राभल्सले सबैलाई अनुरोध गरेको छ ।

बिस्तृत जानकारी लिन या सम्पर्क गर्नु परेमा Zen Travels को 202-552-1508 अथवा https://www.zentravels.com/ मा बिशेष जानकारी लिन सकिने छ ।

प्रतिक्रिया