युक्रेनको संसदले राष्ट्रपतिको रूपमा भोलोदिमिर जेलेन्स्कीको वैधता पुष्टि गर्ने र युद्ध समाप्त नभएसम्म चुनाव सम्भव नभएको पुष्टि गर्ने प्रस्ताव पारित गरेको छ।
यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा आएको हो । ट्रम्पले जेलेन्स्कीलाई अवैध र रुससँगको युद्धको समयमा चुनाव गराएका छैनन् भन्ने टिप्पणी आए पछि संसदले यो पारित गरेको हो ।
सोमबार भएको प्रारम्भिक मतदानले पर्याप्त समर्थन प्राप्त गर्न असफल भएपछि संसदले दोस्रो प्रयासमा प्रस्ताव पारित गर्यो।
जेलेन्स्कीले गत आइतबार देशको लागि शान्ति हो भने उनी पद त्याग्न तयार भएको बताए । यसको अर्थ युक्रेनलाई नेटोको सदस्यता दिइनेछ भने उनी सत्ता छोड्ने छन् ।
संसदले मंगलबार उल्लेख गर्दै जेलेन्स्की वैध चुनावमा निर्वाचित भएका थिए । उनको जनादेशमा कुनै शंका छैन। न्यायपूर्ण र दिगो शान्ति आएपछि मार्शल ल अर्थात् सैनिक शासन नहटाइएसम्म कुनै पनि चुनाव गर्न नसकिने जनाएको छ ।
जेलेन्स्की सन् २०१९ मा भारी मतले निर्वाचित भएका थिए, तर उनको कार्यकाल गत मे महिनामा सकिएको छ । युक्रेनमा शैनिक शासन (मार्शल ल)भएकोले यसले संविधान अन्तर्गत चुनाव गर्न निषेध गर्ने एबिसीन्यूजले जनाएको छ ।
प्रमुख विपक्षी दलहरू सहित अधिकांश युक्रेनीहरू युद्धको बीचमा अहिले विश्वसनीय चुनाव गराउन सम्भव नभएको भन्दै सहमत देखाएका छन् ।
चुनाव रूसको लागि देशलाई विभाजन गर्ने अवसर हुन सक्छ जबकि युक्रेनले आफ्नो रक्षा गर्ने प्रयास गरिरहेको छ।
प्रतिक्रिया