टेक्ससमा एक युवकले प्रहरीमाथि सामूहिक हमलाको योजना बनाएको आरोपमा पक्राउ

इनेप्लिज २०८१ फागुन १३ गते २:०१ मा प्रकाशित

टेक्ससमा एक युवकले प्रहरीमाथि सामूहिक हमलाको योजना बनाएको आरोपमा पक्राउ गरिएको छ । सेथ “एन्ड्रिया” ग्रेगोरीलाई आतंकवादी धम्की दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

टेक्ससका अधिकारीहरूले उनीहरूले प्रहरी अधिकारीहरूविरुद्ध आतंकवादी धम्की दिने एक संदिग्धलाई पक्राउ गरेपछि “सामूहिक हमला” लाई विफल पारेका छन्।

कर्पस क्रिस्टी प्रहरी विभागका अनुसार सेथ “एन्ड्रिया” ग्रेगोरीलाई सोमबार बिहान आतंकवादी धम्की पक्राउ पूर्जी जारी गरि पक्राउ गरिएको थियो।

“ग्रेगोरीले कर्पस क्रिस्टी प्रहरी विभागका अधिकारीहरूविरुद्ध आतंकवादी धम्की दिएको बारेमा संघीय अनुसन्धान बिभाग (ब्यूरो)लाई सूचित गरिएको थियो,” प्रहरी विभागको विज्ञप्तिमा भनिएको छ ।

एफबीआईको ह्युस्टन कार्यालयले बताए अनुसार २१ वर्षीय संदिग्धले “२०१६ को ड्यालस एम्बुस जस्तै” प्रहरीमाथि आक्रमणको योजना बनाएको आरोप लगाईएको छ ।

एफबीआईले उल्लेख गरेको २०१६ को घटनामा धराप (एम्बुस) शैलीको गोलाबारीमा पाँच ड्यालस प्रहरी अधिकारीहरू मारिएका थिए जसमा सात जना घाइते भएका थिए। ग्रेगोरीसँग सम्बन्धित मुद्दाको बारेमा प्रहरीले कुनै थप विवरण जारी नगरेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया