एप्पलद्वारा अमेरिका भित्र ५०० विलियन डलर लगानी गर्ने घोषणा 

इनेप्लिज २०८१ फागुन १२ गते १५:०९ मा प्रकाशित

एप्पलले अमेरिका भित्र ५०० विलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।एप्पलले आगामी चार वर्षमा अमेरिकी सुविधाहरू विस्तार गर्न ५०० विलियन डलर(अर्ब )लगानी गर्ने घोषणा गरेको हो।

यो कदमले चीनबाट आयात गरिने सामानमा लाग्ने नयाँ भन्सारबाट बच्न एप्पललाई सहयोग गर्न सक्छ।  एप्पलका अनुसार यस लगानीले २०,००० नयाँ रोजगारी सृजना गर्नेछ।

 ट्रम्पको भन्सार नीति र एप्पलको प्रतिक्रिया  :

यसै महिनाको सुरुमा राष्ट्रपतिडोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने सबै सामानमा १०% भन्सार लगाउने घोषणा गरेका थिए।

एप्पलले आफ्नो धेरैजसो उत्पादन, विशेषगरी आईफोनहरू( घुम्ति यन्त्र सॅचार थान)चीनबाट आयात गर्ने भएकाले यो नीति उसलाई असर गर्न सक्छ।  

शुक्रबार ट्रम्पले एप्पलका सीईओ( प्रमुख कार्यकारी अधिकारी )टिम कुकसँगको बैठकपछि यो लगानीबारे संकेत गरेका थिए। ट्रम्पले भन्सार नीतिका कारण एप्पलले अमेरिका भित्र लगानी गर्न लागेको बताएका थिए।  

 एप्पलले चीन बाहिर आपूर्ति शृंखला विस्तार गर्दै  

कोभिड-१९ महामारीका कारण चीनमा उत्पादनमा समस्या आएपछि एप्पलले हालका वर्षहरूमा चीन बाहिर पनि आफ्नो आपूर्ति शृंखला विस्तार गरेको छ।  

यद्यपि, एप्पलले भारत र भियतनाम जस्ता देशहरूमा पनि उत्पादन विस्तार गरिरहेको छ ।

एप्पलका प्रमुख कुकले एक विज्ञप्तिमा हाम्रो दीर्घकालीन अमेरिकी लगानीलाई अघि बढाउँदै ५०० विलियन डलरको प्रतिबद्धता हाम्रो देशको भविष्यमा लगानी गर्ने हाम्रो संकल्प भएको बताएका छन्।

प्रतिक्रिया