ट्रम्पको रेसिर्पोकल भन्सार शुल्क नीति, उपभोक्ता मारमा

इनेप्लिज २०८१ फागुन ११ गते २२:५९ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट अमेरिका आयत हुने बस्तुमा रेसिर्पोकल भन्सार दर नीति लागु गरेका छन । यसको अर्थ अन्य देशले अमेरिकाबाट आयात हुने बस्तुमा जुन दरमा भन्सार महशुल लगाउछ, अमेरिकाले पनि त्यहि दरमा भन्सार लगाउनेछ भन्ने हुन्छ । उदाहरणको लागि चीनबाट आयात हुने कुनै बस्तुको मूल्य १० डलर छ भने त्यसमा थप एक डलर अतिरिक्त भन्सार शुल्क लाग्छ । यस्तो शुल्कको पुर्ण वा आंशिक भार कम्पनीहरुले उपभोक्तमाथि लगाउछन ।

अमेरिकाले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने समानमा १० प्रतिसत अतिरिक्त भन्सार शुल्क लगाएको छ । यसले अमेरिकालाई केही फाईदा भएको छ तर ति तीन देशबाट अमेरिकामा हुने आयात अमेरिकाबाट ति देशमा हुने निर्यातभन्दा निकै बढी भएकोले रेसिर्पोकल भन्सार दर नीतिबाट अमेरिकाले उल्लेख्य फाईदा पाउन सक्दैन । तैपनी ट्रम्प चीन, क्यानडा र मेक्सिको र विश्वका अन्य देशलाई रेसिर्पोकल भन्सार दर नीतिको डर देखाउदै छन ।

यसको दुई कारण छनः अन्य देशले अमेरिकाबाट आयात हुने बस्तुमा अत्याधिक कर नलाउन र अर्को चीन र मेक्सिको साथै अरु देशले पनि अमेरिकाबाट फिर्ता गरिएका आफ्ना नागरिक सहजरुपमा फिर्ता लिने वातावरण बनोस । कोलम्बियासंग यस्तै विवादमा ट्रम्पले भन्सार महशुलको अस्त्र उठाएपछि नागरिक फिर्ता लिने काम सहज भएको थियो । अमेरिकी मिडियामा आएका समाचार अनुसार रेसिर्पोकल भन्सार दर नीति अमेरिकाले आयातित समानबाट बढी भन्सार महशुल उठाउने भन्दा अमेरिकाले निकाला गर्ने ति देशका नागरिकको सहज फिर्तीप्रति लक्षित छ ।

अमेरिकाले गत वर्ष २०२४ मा १२.९ ट्रिलियन डलरको निर्यात गरेको थियो । यसरी निर्यात गर्दा कुल ग्राहस्थ उत्पादनमा निर्यातको अंश १० प्रतिसत थियो । सन् २०२४ मा अमेरिकी उत्पादन सबैभन्दा धेरै आयात गर्ने देश क्यानडा थियो । क्यानडाले अमेरिकाबाट ८५.६९ बिलियन डलर बराबरका समान आयात गरेको थियो भने ८१.२८ बिलियन डलरको खनिज र खनिज तेल थिए । यसैगरी, मेक्सिकोमा ८०.१६ बिलियन डलर र चीनमा ३६.८६ बिलियन डलरको निर्यात गरेको थियो । अमेरिकी बस्तु आयात गर्ने अन्य देशमा नेदरल्याण्ड (२२ बिलियन डलर), जर्मनी (१९.८२ बिलियन डलर), जापान (१८.९७ बिलियन डलर), बेलायत (१८.७३ बिलियन डलर) रहेका छन ।

अमेरिकाले निर्यात गर्ने वस्तुहरुमा खनिज र खनिज तेल उल्लेख्य छ । सन् २०२४ मा अमेरिकाले ८१.२८ बिलियन डलरको खनिज र खनिज तेल निर्यात गरेको थियो । यसैगरी अन्य उल्लेख्य निर्यातमा परमाणु उर्जाका संसाधन ६०.०६ बिलियन डलर, विद्युतीय र मेसीन तथा औजार ५०.०८ बिलियन डलर, सवारी साधन ३५.४८ बिलियन डलर, बिमान र रकेटका पटपुर्जा ३०.३२ बिलियन डलर रहेका थिए ।

अमेरिकाले आफ्नो निर्यातभन्दा निकै ठूलो रकममा आयात गर्दछ । मेक्सिको अमेरिकाको सबैभन्दा ठूलो आपुर्तिकर्ता हो । यसले सन् २०२४ मा ५०९.९६ बिलियन डलरको समान अमेरिका निर्यात गरेको थियो । यसैगरी, चीनले ४६२.६२ बिलियन डलर, क्यानडाले ४२१.२१ बिलियन डलर, जर्मनीले १६३.६९ बिलियन डलर, जापानले १५२.०७ बिलियन डलर, भियतनामले १४२.४८ बिलियन डलर, दक्षिण कोरियाले १३५.४६ बिलियन डलरको निर्यात गरेका थिए । सन् २०२४ मा भारतले ९१.२३ बिलियन डलरको बस्तु र सेवा अमेरिका निर्यात गरेको थियो भने अमेरिकाबाट ३.७७ बिलियन डलरको बस्तुहरु आयात गरेको थियो ।

अमेरिकी अर्थतन्त्र उपभोगमा आधारित छ । उपभोक्ताले तिर्ने करले भन्सार महशुलभन्दा बढी महत्व राख्छ । अमेरिकी अर्थतन्त्र उपभोगमा आधारित छ । उपभोक्ताले तिर्ने करले भन्सार महशुलभन्दा बढी महत्व राख्छ । ट्याक्स फाउण्डेसनका अनुसार, अमेरिकी सरकारले सन् २०४२ मा ४.९२ ट्रिलियन कर असुली गरेको थियो । जसमा सबैभन्दाबढी कर व्यक्तिगत करबाट ४५.३ प्रतिसत राजस्व प्राप्त भएको थियो भने कर्पोरेट कर ६.५ प्रतिसत थियो । उपभोक्ताले गर्ने किनमेलबाट १५.७ प्रतिसत कर सरकारले पाएको थियो । अर्थात उपभोक्ताले संघिय सरकारलाई ७७२.४४ बिलियन डलर प्रत्यक्ष कर तिरेका थिए ।

सन् २०२४ डिसेम्बरको तुलनामा सन् २०२५ को जनवरीमा उपभोग्य बस्तुको मूल्यवृद्धि ०.४ प्रतिसतले बढेको छ । ग्रोसरी समानमा मूल्यबृद्धि गत जनवरीमा ०.५ प्रतिसत थियो । यसमा सबैभन्दा बढी मूल्य १५.२ प्रतिसत अण्डाको थियो । सन् २०२५ को जनवरीमा माछा, मासुको समग्र बृद्धि १.९ प्रतिसत थियो । ट्रम्प सरकारको कर नीतिले आगामी केही महिना महंगी दर उकालो लाग्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्रपति ट्रम्पले आफुले मूल्यबृद्धिलाई कम गर्ने बताएपनि मूल्यबृद्धि बढीरहेको छ । अर्थशास्त्रीहरु अतिरिक्त करको भार व्यवसायीले कहिल्यै नबोक्ने भएका कारण रेसिर्पोकल भन्सार महशुलले अमेरिकामा उपभोग्य बस्तुको मूल्य बढीनै रहने र यसले उपभोक्ता मारमा पर्ने बताई रहेका छन् ।

प्रतिक्रिया