“पागल योजना” भन्दै आलोचना गरेका मस्कलाई ट्रम्पको कडा जवाफ

इनेप्लिज २०८२ असार १७ गते १०:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्कको आलोचनापछि कडा प्रतिक्रिया दिएका छन्। मस्कले ट्रम्पको बिशाल सुन्दर बिधेयकलाई “एकदमै पागलपन” भन्दै कडा शब्दमा आलोचना गरेका थिए। उनले यो कानुनले लाखौँ अमेरिकीहरूको रोजगारी गुम्ने र देशलाई रणनीतिक रूपमा ठूलो नोक्सान हुने बताएका छन्।

यसको जवाफमा ट्रम्पले मंगलबार आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे, “इलन मस्कले इतिहासमै सबैभन्दा धेरै सरकारी अनुदान पाएका हुन्। अनुदान नपाएको भए उनी शायद अफ्रिका फर्किन्थे र आफ्नो व्यापार बन्द गर्नुपर्ने हुन्थ्यो।”

ट्रम्पले थपे, “रकेट प्रक्षेपण, भूउपग्रह , वा विद्युतीय गाडी उत्पादन केही पनि हुँदैन थियो। त्यसले हाम्रो देशको ठूलो धन बच्थ्यो।” ट्रम्पले सरकारी दक्षता बिभाग लाई मस्कका अनुदानहरूको छानबिन गर्न सुझाव दिएका छन्।

राष्ट्रपतिले अगाडी भने ,मस्कले आफूलाई समर्थन गर्नु भन्दा धेरै अगाडि नै उनी विद्युतीय गाडी अनिवार्य बनाउने नियमको विरोधमा रहेको थाहा पाइसकेका थिए। उनले भने, यो नियम हास्यास्पद छ र सधैं मेरो चुनावी अभियानको मुख्य अंश रहँदै आएको हो। विद्युतीय गाडी ठीक छन्, तर सबैलाई जबरजस्ती त्यसैमा चल्न बाध्य बनाउनु हुँदैन।

प्रतिक्रिया