अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्विसलब्लोअर संरक्षण निकायका प्रमुख ह्याम्प्टन डेलिङ्गरलाई तुरुन्तै हटाउनबाट रोकिदिएको छ। राष्ट्रपतिको शक्ति विरुद्ध न्यायपालिकाले हस्तक्षेप गरेको छ । अदालतले राष्ट्रपतिको यस अधिकारलाई अस्थायी रूपमा सीमित गरेको छ।
अदालतले शुक्रबार जारी गरेको आदेशअनुसार डेलिङ्गरलाई फेब्रुअरी २६ सम्म पदमै रहनेछन्। यो मिति पछाडि पुनः कानूनी बहस हुनेछ। अदालतको यो निर्णय ट्रम्प प्रशासनका लागि अस्थायी झट्का मानिएको छ।
यो मुद्दा राष्ट्रपतिको कार्यकारी शक्तिसँग जोडिएको छ। ट्रम्प प्रशासनले न्यायालयको हस्तक्षेप असंवैधानिक रहेको दाबी गर्दै राष्ट्रपतिलाई कार्यकारी निकायका अधिकारीहरू स्वतन्त्र रूपमा हटाउने अधिकार दिनुपर्ने बताएको थियो।
अमेरिकी सर्वोच्च न्यायालयभित्र विभाजन देखिएको छ। रूढीवादी न्यायाधीशहरू नील गोरसच र सामुएल आलिटो ट्रम्पको पक्षमा थिए भने उदारवादी न्यायाधीशहरू सोनिया सोतोमयोर र केतान्जी ब्राउन-ज्याक्सन विपक्षमा उभिए।
डेलिङ्गरलाई सन् २०२४ मा राष्ट्रपति जो बाइडेनले पाँचवर्षे कार्यकालका लागि नियुक्त गरेका थिए। उनको कार्यालय सरकारी कर्मचारीहरूलाई अवैध कारबाही र ह्विसलब्लोअरहरूको सुरक्षाका लागि जिम्मेवार मानिन्छ।
अब अदालतको अन्तिम निर्णयले राष्ट्रपतिको कार्यकारी अधिकारको सीमा निर्धारण गर्नेछ।
राष्ट्रपतिको कार्यकारी अधिकारको भविष्य :
सर्वोच्च अदालतले अघिल्लो वर्ष राष्ट्रपतिलाई कार्यकारी निर्णयमा बढी छुट दिनुपर्ने मत राखेको थियो तर, अहिले न्यायालयले राष्ट्रपतिको शक्तिको सीमाबारे पुनः बहस गर्ने संकेत देखाएको छ।
यदि अदालतले डेलिङ्गरलाई हटाउने अनुमति दियो भने भविष्यमा राष्ट्रपति आफ्नो नीतिमा असहमत उच्च अधिकारीहरूलाई सजिलै हटाउन सक्षम हुनेछन्।
यो मुद्दा किन महत्वपूर्ण छ ? :
यदि ट्रम्प सफल भए भने ह्विसलब्लोअर (सत्यवर्तक)संरक्षण कार्यालय जस्ता स्वतन्त्र निकायहरू कार्यकारी हस्तक्षेपबाट कमजोर बन्न सक्छन्।
न्यायालयले राष्ट्रपतिको शक्ति सीमित गर्ने कि व्यापक बनाउने भन्ने विषय ट्रम्पको दोस्रो कार्यकालमा महत्वपूर्ण हुन सक्छ । आगामी दिनमा अदालतको अन्तिम फैसला यस मुद्दामा कार्यकारी र न्यायपालिका सम्बन्ध कसरी अघि बढ्छ भन्ने निर्धारण गर्नेछ।
प्रतिक्रिया