लस भेगासकी एक महिलालाई पुरुषहरूलाई फसाउने, बेहोश पार्ने र पैसा चोर्ने आरोपमा पक्राउ 

इनेप्लिज २०८१ फागुन १० गते १६:२८ मा प्रकाशित

अमेरिकाको नेभादा राज्यको लस भेगासकी अरोरा फेल्प्स नामकी महिलालाई डेटिङ साइट ( प्रेम तिथी निर्धारण विधुतिय सॅजाल) प्रयोग गरेर पुरुषहरूलाई फसाउने, बेहोश पार्ने र पैसा चोर्ने आरोप लगाईएको छ ।

उनी अहिले मेक्सिकोमा हिरासतमा छिन् ।  अमेरिकी अधिकारीहरूले उनको विरुद्धमा संघीय मुद्दा दायर गरेका छन्।  

४३ वर्षीया फेल्प्सलाई अपहरण, विधुतिय तार  धोखाधडी, हुलाक धोखाधडी, पहिचान चोरी र बैंक धोखाधडी जस्ता गम्भीर आरोपहरू लगाइएको छ।  

उनले प्रेम सॅजाल अनुप्रयोग (डेटिङ एप) प्रयोग गरि पुरुषहरूलाई भेटघाटको बहाना बनाई बेहोश पारेर उनीहरूको बैंक खाताबाट पैसा निकाल्ने गरेको आरोप छ।  

फेल्प्सले लस भेगास र ग्वाडालाजारामा बसेर दुवै देशमा यस्तो अपराध गरेको बताइएको छ।  

उनीमाथि लागेका आरोपहरु गम्भीर प्रकृतिका छन् र उनको मुद्दाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया