हमासले शनिबार इजरायलसँगको नाजुक युद्धविराम सम्झौताको भागको रूपमा ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा छ जना बन्धकलाई रिहा गरेको छ।
रिहा भएका पहिलो दुई जना पुरुषमा क्रमस ४० वर्षीय ताल शोहम र ३९ वर्षीय एभेरा मेन्गिस्टु रहेका छन्।
श्रव्यदृश्य(भिडियो )मा दुई व्यक्ति मुखावरण( मास्क) लगाएका बन्दुकधारीहरूले घेरेर भीडको अगाडि एउटा मञ्चमा लगिँदा कमजोर र त्रसित देखिएका थिए। उनीहरूलाई रेडक्रसलाई बुझाइयो ।
थप तीन बन्धकहरुमा २३ वर्षीय ओमर वेङ्कर्ट; २२ वर्षीय ओमर शेम टोभ, र २७ वर्षीय एलिया कोहेनलाई नुसेइरातको केन्द्रीय शहरमा पछि रिहा गरियो।
उनीहरूले नक्कली सेनाको वर्दी लगाएका थिए, यद्यपि उनीहरू अपहरण हुँदा सैनिक थिएनन्। तीनैजनालाई रेडक्रसको गाडीमा राखियो र त्यसपछि इजरायलतर्फ गएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सॅजालमा ट्रुथ सोसलमा हमासद्वारा छैठौं बन्धकलाई भर्खरै रिहा गरिएको लेखेका छन्।
अप्रिल २०१५ मा हमासद्वारा अपहरण गरिएका ३६ वर्षीय इजरायली बेदुइन हिशाम अल-सईदलाई गाजामा लगभग १० वर्षपछि शनिबार आधिकारिक रूपमा रेडक्रसलाई बुझाइयो।
प्रतिक्रिया