हमासद्वारा इजरायललाई फिर्ता गरेको मानव अवशेष पूर्व बन्धक शिरी बिबासको अवशेष भएको पुष्टि

इनेप्लिज २०८१ फागुन १० गते १०:४० मा प्रकाशित

हमासले इजरायललाई फिर्ता गरेको मानव अवशेष पूर्व बन्धक रहेकी शिरी बिबासको अवशेष भएको पुष्टि भएको छ ।

बन्धकका आफन्तहरूको मञ्चले शनिबार प्रदान गरेको उनको परिवारको विज्ञप्ति अनुसार शुक्रबार हमासले इजरायलमा फिर्ता गरेको मानव अवशेष पूर्व बन्धक शिरी बिबासको अवशेष भएको पुष्टि भएको छ।

गत बिहीबार हमासले फिर्ता गरेका चार बन्धकहरू, उनका छोराहरू, केफिर र एरियल, र अर्का बन्धक, ओडेड लिफशिट्जको अवशेषहरूमध्ये बिबासको अवशेष हुने अपेक्षा गरिएको थियो। बालकहरू ९ महिना र ४ वर्षका हुँदा उनीहरूलाई बन्धक बनाइएको थियो।

इजरायली अधिकारीहरूले गरेको फोरेन्सिक(चिकित्साशास्त्र विधी )परीक्षणले अवशेषहरूमा दुई बालकहरू र लिफशिट्जको अवशेष समावेश भएको पुष्टी गरेको तर चौथो शरीर शिरी बिबासको थिएन । शव जाँच गर्दा उनि नभए पछि इजरायलले आक्रोश पोख्दै चेतावनी समेत दिएको थियो ।

अब, मंच (फोरम)का अनुसार उनको शरीर इजरायललाई फिर्ता गरिएको छ। “उनी आफ्ना छोराहरू, पति, उनकी बहिनी र सबै परिवारसँग आराम गर्न घर फर्किएकी छिन्,” विज्ञप्तिमा भनिएको छ।

शिरीका पति र बच्चाहरूका बुबा, यार्डेन बिबासलाई ४८४ दिनको बन्धन पछि यस महिनाको सुरुमा हमासले रिहा गरेको थियो।

प्रतिक्रिया