न्यूयोर्ककी गभर्नर होचुलले न्यूयोर्कका नगर प्रमुख एरिक एडम्सलाई पदबाट नहटाउने 

इनेप्लिज २०८१ फागुन ९ गते १५:५६ मा प्रकाशित

न्यूयोर्ककी गभर्नर क्याथी होचुलले हाललाई न्यूयोर्क शहरकी नगर प्रमुख (मेयर )एरिक एडम्सलाई पदबाट हटाउने निर्णय नगरेको घोषणा गरेकी छन्। 

एडम्स न्याय विभागको भ्रष्टाचार अनुसन्धानको चपेटामा परेपछि उनी राजनीतिक संकटको सामना गरिरहेका छन्। तर न्याय विभागले उनी माथी लागेको मुद्धा फिर्ता लिन आदेश दिई सकेको छ । त्यस्तै अभियोजकहरुले पनि मुद्धा फिर्ता प्रकिया अगाडी बढाएका छन्।

होचुलले विभिन्न सल्लाहकार, नगर नेताहरू, धर्मगुरुहरू लगायतसँग परामर्श गरेपछि यो निर्णय लिएको बताइन्। उनले पत्रकार सम्मेलनमा भनिन्, “मतदाताको इच्छाको सम्मान गर्नुपर्छ, र लोकतान्त्रिक चुनावको पवित्रता जोगाउनु महत्त्वपूर्ण छ।”

तर उनले न्यूयोर्क शहरबासीको विश्वास पुनर्स्थापना गर्न नयाँ उपायहरू प्रस्ताव गर्ने जनाएकी छन्, जसका लागि नगर परिसद र राज्य विधायिकाको स्वीकृति आवश्यक पर्न सक्छ।

प्रतिक्रिया