बिश्व प्रसिद्ध गल्फ खेलाडी टाइगर वुड्स र ट्रम्प बीच ह्वाइट हाउसमा भेटघाट,ट्रम्पद्वारा प्रशंसा

इनेप्लिज २०८१ फागुन ९ गते ११:०६ मा प्रकाशित

बिश्व प्रसिद्ध गल्फ खेलाडी टाइगर वुड्स र ट्रम्प बीच ह्वाइट हाउसमा भेटघाट भएको छ । टाइगर वुड्सले यो महिना अश्वेत ऐतिहासिक महिना अर्थात् ब्ल्याक हिस्ट्री मन्थ भएको हुनाले एक कार्यक्रममा ट्रम्पसँग उको भेटघाट भएको हो ।

ट्रम्प पनि गल्फका खेलाडी हुन् भने बेला बेलामा उनको आफ्नै गल्फ मैदानमा गल्फ खेली रहेका हुन्छन । राष्ट्रपति ट्रम्पले गत बिहीबार ब्ल्याक हिस्ट्री मन्थ मनाउन ह्वाइट हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए ।

ट्रम्प मंचमा पुगे पछि टाइगर वुड्स पनि सामेल भए । ट्रम्पले “विश्वका महान् गोल्फरहरू मध्ये एक” भनि प्रशंसा गरे । वुड्सले २०१९ मा ट्रम्पले उनलाई प्रदान गरेको राष्ट्रपति पदक स्वतन्त्रता लगाएका थिए। यो पदक राष्ट्रपतिले एक नागरिकलाई प्रदान गर्न सक्ने सर्वोच्च सम्मान हो।

प्रतिक्रिया