ग्वान्टानामो खाडीबाट १७० भन्दा बढी भेनेजुएलाका आप्रवासीहरूलाई भेनेजुएला फर्काइयो

इनेप्लिज २०८१ फागुन ९ गते २:०१ मा प्रकाशित

ग्वान्टानामो खाडीबाट १७० भन्दा बढी भेनेजुएलाका आप्रवासीहरूलाई भेनेजुएला फर्काइएको छ ।

अमेरिकाले बिहीबार ग्वान्टानामो बे नेभल बेस( नौसेना अड्डा)मा रहेका १७० भन्दा बढी भेनेजुएलियन आप्रवासीहरूलाई होन्डुरास हुँदै भेनेजुएलामा फर्काएको छ। आपराधिक गतिविधिमा संलग्न भएकालाई अमेरिकाबाट ग्वान्टानामो खाडी पुर्याएकालाई त्यहाबाट आफ्नो देश फर्काएको हो ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसिइ)ले उनीहरूलाई ग्वान्टानामोबाट होन्डुरासको कोमायागुआ शहरमा स्थानान्तरण गरेको छ । भेनेजुएलाको सरकारी बिमानसेवाद्वारा उनीहरूलाई स्वदेश पठाइएको छ ।

यो ग्वान्टानामोबाट भएको यो पहिलो निर्वासन उडान हो । अमेरिकी अधिकारीहरूका अनुसार यी आप्रवासीहरूमध्ये केहीको सम्बन्ध भेनेजुएलाको कुख्यात ट्रेन डे अरागुवा गिरोहसँग हुन सक्ने जनाएको छ ।

भेनेजुएलाले अमेरिकी निर्णयको आलोचना गर्दै आफ्ना नागरिकहरूलाई “अन्यायपूर्वक ग्वान्टानामो राखिएको” बताएको छ। सरकारको भनाई अनुसार फिर्ता ल्याइएका व्यक्तिहरूमध्ये कसैले अपराध गरेको प्रमाणित भए कानुनी कारबाही हुनेछ।

यो कदमले अमेरिकी-भेनेजुएला सम्बन्धमा नयाँ मोड ल्याउन सक्छ। अमेरिकी कूटनीतिज्ञ रिचर्ड ग्रेनेलले जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग भेट्दा आपराधिक गिरोहका सदस्यहरूको प्रत्यर्पणबारे छलफल गरेका थिए।

तस्बिर कृतज्ञता : आईसिइ

प्रतिक्रिया