अमेरिकी सिनेटले ५१-४९ मतले काश पटेललाई एफबीआईको नयाँ निर्देशकको रूपमा पुष्टि गरेको छ।
रिपब्लिकन सिनेटरहरू सुजन कोलिन्स र लिसा मुर्कोव्स्की डेमोक्र्याटहरूसँग मिलेर उनको विपक्षमा मतदान गरे।
राष्ट्रपति डोनाल्ड ट्रम्पका बलियो समर्थक पटेल विवादास्पद व्यक्तित्व हुन्। उनीमाथि क्युआनन जस्ता षड्यन्त्र सिद्धान्तहरू प्रवर्द्धन गरेको आरोप लागेको छ ।
पुष्टिकरण सुनुवाइको क्रममा पटेलले शत्रुको सूची नभएको दाबी गर्दै राजनीतिक उद्देश्यले अनुसन्धान नगर्ने प्रतिबद्धता जनाए।
तर, आलोचकहरूले उनको नेतृत्वले एफबीआईको स्वतन्त्रता खतरामा पार्न सक्छ भनी चिन्ता व्यक्त गरेका छन्।
सॅभवत यो पदमा पुग्ने उनि प्रथम भारतिय मूलका हुन् ।
प्रतिक्रिया