मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी हस्तक्षेपको कडा विरोध जनाउँदै आफ्नो सार्वभौमिकताको रक्षा गर्ने प्रतिबद्धता जनाएकी छन्।
डोनाल्ड ट्रम्प प्रशासनले मेक्सिकोका आठ ड्रग कार्टेल( लागू औषध उत्पादक सॅघ) लाई आधिकारिक रूपमा आतंककारी समूहको रूपमा नामकरण गरे पछि त्यस्तो प्रतिक्रिया आएको हो । गिरोहहरुमा जलिस्को न्यू जेनेरेसन र सिनालोआ कार्टेल प्रमुख छन्। ट्रम्पले यिनीहरु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भन्दै कार्यकारी आदेश जारी गरेका छन्।
ट्रम्प प्रशासनको यो कदमले अमेरिकी सैन्य कारबाहीको सम्भावना बढाएको छ। इलन मस्कले समेत मानव रहित यान( ड्रोन) आक्रमणको सम्भावना उल्लेख गरेका छन्।
मेक्सिकोले अमेरिकासँग सहकार्य र समन्वय हुन्छ तर आफ्नो भू-भागमा कुनै पनि किसिमको विदेशी हस्तक्षेप स्वीकार्ने छैन भन्ने स्पष्ट सन्देश दिएको छ।
प्रतिक्रिया