९ औं पुनरावेदन दौडाहा इजलास (सर्किट कोर्ट अफ अपील्स )को तीन न्यायाधीशहरुको समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशलाई पुनःस्थापित गर्न अस्वीकार गरेको छ।
न्याय विभागले आदेशलाई लागु गर्न अनुरोध गरेको थियो, तर अदालतले यसको कानुनी आधार कमजोर रहेको भन्दै अनुरोध खारेज गरि दिएको छ ।
ट्रम्पको आदेशले संविधानको चौधौं संशोधनको उल्लङ्घन गर्ने कानुनी विशेषज्ञहरूले बताएका छन्। चौधौं संशोधनले अमेरिकी भूमिमा जन्मिएका सबैलाई नागरिकता दिने प्रत्याभूति (ग्यारेन्टी )गर्छ, तर ट्रम्पको आदेशले अवैध रूपमा उपस्थित आमाबाट जन्मिएका र बाबु अमेरिकी नागरिक वा स्थायी बसोबास गर्ने व्यक्ति नभए उनीहरूलाई नागरिकता नदिने प्रावधान राखेको थियो।
ट्रम्पले नियुक्त गरेकी न्यायाधीश डेनियल फरेस्टले न्याय विभागले “आकस्मिक अवस्था” भएको दाबीलाई अस्वीकार गरिन्। उनले यस्तो लेखिन् “कुनै नयाँ नीति कानुनी चुनौतीको सामना गर्नु सामान्य कुरा हो, र अदालतले त्यसलाई रोक्दैमा आकस्मिक अवस्था हुँदैन।”
अब ट्रम्प प्रशासनले यो मुद्दालाई सर्वोच्च अदालतमा लैजाने सम्भावना छ।
प्रतिक्रिया