यहुदी परिवार सेवाद्वारा सञ्चालित सान डिएगो आप्रवासी आश्रय बन्द हुने भएको फक्सन्यूजले जनाएको छ ।जसका कारण ११५ कर्मचारीहरू हटाईएका छन्।
यो निर्णय ट्रम्प प्रशासन अन्तर्गतको संघीय नीति परिवर्तनपछि आएको हो। यो बन्द हुनुको मुख्य कारण सिबिपि वान नामक अनुप्रयोग ( एप) को बन्दीकरण हो, जसले आप्रवासीहरूलाई अमेरिका प्रवेशका लागि समय लिन मद्दत गर्थ्यो।
२०१८ देखि जेएफएस २,००,००० भन्दा बढी आप्रवासीहरूलाई अस्थायी आश्रय, खाना, र यात्रा सहयोग प्रदान गरेको थियो।
तर नयाँ संघीय नीतिहरू लागू भए पछि नया शरणार्थीहरू अब आश्रयमा पठाइँदैनन् । जसका कारण यहुदी परिवार सेवीले आफ्नोआश्रय सेवा स्थगित गर्नु परेको छ ।
यद्यपि, उनीहरूले निःशुल्क कानुनी सहायता र सामुदायिक सहयोग प्रदान गर्न जारी राख्ने बताएका छन्।
तर वित्तीय विवाद पनि उठेको छ। जेएफएसले संघीय कोष नपाएको दाबी गरे पनि फिमाका अभिलेख अनुसार सन् २०२४ मा जेएफएसले २२ मिलियन डलर संघीय कोष प्राप्त गरेको देखिएको विभिन्न पत्रपत्रिकाले समाचारमा उल्लेख गरेका छन्।
प्रतिक्रिया