नेपाली विद्यार्थीहरूले भारतीय दूतावासअगाडि प्रदर्शन

बेद प्रसाद घिमिरे २०८१ फागुन ५ गते १२:२६ मा प्रकाशित

भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युको छानबिन गर्न माग गर्दै नेपाली विद्यार्थीहरूले लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन् ।

कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी.टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा लम्सालको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

उनको मृत्युको छानबिन गर्न माग गर्दै सोही विश्वविालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपति विश्वविद्यालयले उनीहरूलाई जबर्जस्ती निकालिदिएको छ । त्यसको विरोधमा नेपाली विद्यार्थीले भारतीय दूतावासअगाडि प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया