रणनीति योजना सहित चुनाव जित्ने हैसियतमा बानाको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको हु : कोशिश भण्डारी

इनेप्लिज २०८१ फागुन ५ गते १:४६ मा प्रकाशित

रणनीति योजना सहित चुनाव जित्ने हैसियतमा बानाको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको उम्मेदवार कोशिश भण्डारीले ईनेप्लिजलाई बताए । उनले गत फेब्रुअरी १ ,२०२५ मै आफ्नो उम्मेदवारी सामाजिक संजाल मार्फत घोषणा गरेका हुन् ।

उनले रणनीति योजना शब्द प्रयोग त्यतिकै गरिएको देखिदैन । उनले आफ्नो निजी संजालस्थल अर्थात् कोशिश भण्डारी डटकम वेबसाइट पनि संचालनमा ल्याएका छन् ।

उनि पनि समूह मै उठने र तयारी गरि रहेका छन् । अझ पनि बाना निर्वाचन समितिले उम्मेदवारी मनोनयन खुला गरेको छैन तर अर्को हप्ता सम्म मनोनयन खुला गर्ने छ ।

भण्डारीले बानामा ३ बर्षको कार्यकाल हुने हुनाले तीनै बर्षमा गर्ने आफ्नो कार्यसूची (एजेन्डा ) तयार गरेको देखिन्छ । यस अर्थमा उनि निकै तयारीको साथै जित्ने हिसाबले मैदानमा उत्रिने देखिएको छ । पहिलो बर्षमा के के गर्ने ,दोश्रो बर्षमा के के गर्ने र तेश्रो बर्ष के के गर्ने समेत प्रचार प्रसार समेत गरेका छन् ।

अमेरिकामा गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता संख्या पछि अन्य ५० वटै राज्यहरुमा स्थापना भएका नेपाली संघ/संस्था मध्ये कै ५ हजार सदस्यहरु हुने सबै भन्दा ठूलो संस्था बनेको छ । अझ बानाको आकर्षण बढेको छ । बाना मेरिल्याण्ड राज्यकै छाता संगठन हो ।

अध्यक्षका उम्मेदवार भण्डारीले अद्वितीय रुपमा बानामा सदस्यता मार्फत आवद्ध हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले सामाजिक संजाल मार्फत यो संस्थालाई अझै व्यापक,गतिशील, गोलवद्ध र एकतावद्ध गर्दे अगाडि वढाउन आफूले आफनो व्यावसायिक ,पारिवारिक जीवनलाई कुशलता पूर्वक अगाडि वढाईरहेको अवस्थामा समुदायका प्रवुद्ध वर्गहरुको समेत आग्रह र अनुरोधमा सामाजिक कार्यमा सक्रिय रहनको लागि यस संस्थाको नेतृत्व गर्ने प्रयास स्वरुप अध्यक्ष पदमा उपस्थित जानकारी गराएका छन् ।

उनले समुदायको लागि मजवुत, सशक्त र भविष्य लक्षित कार्ययोजनाका साथ यसमा आफू होमिएको जनाएका छन् । उनले अगाडी आफ्ना कार्ययोजनाहरु तथा समुदायसंग सामुहिक चासोको बिषयलाई सम्बोधन गर्न आफ्नो संजालस्थल (वेबसाइट )समेत खोलेको बताएका छन् ।

उनले अध्यक्ष पदको उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारीको घोषणा गर्दा अत्यन्तै गर्व र उत्साहको अनुभव गरेको बताउदै सबैको माया ,सहयोग र साथ पाउने अपेक्षा समेत गरेका छन् ।

ईनेप्लिज परिवारको तर्फबाट बानाका अध्यक्ष पदका उम्मेदवार कोशिश भण्डारीलाई अग्रिम शुभकामना ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://koshishbhandari.com/

प्रतिक्रिया