पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहन्छन : ट्रम्प

इनेप्लिज २०८१ फागुन ५ गते ०:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन्।

डायटोना ५०० स्पीडवेमा आफ्नो सहभागिता पछि फ्लोरिडाको पाम बीच फर्किएपछि ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै युद्ध रोक्न प्रयास भइरहेको बताए ।

उनले भने, “हामी अगाडि बढिरहेका छौँ। रूस र युक्रेनबीच शान्ति ल्याउने प्रयास गर्दैछौँ। यो युद्ध सुरु नै हुनु हुँदैनथियो।”

जब उनलाई पुटिनको उद्देश्यबारे सोधियो, ट्रम्पले भने, “मलाई लाग्छ उनले युद्ध रोक्न चाहन्छन्—मैले त्यही देखिरहेको छु।”

मध्यपूर्वका विशेष दूत स्टीव विटकफ आइतबार पुटिनसँग झन्डै तीन घण्टा लामो बैठकमा बसेको ट्रम्पले उल्लेख गरे।

प्रतिक्रिया