अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले करिब ७०० कर्मचारीको जागिर समाप्त गरेको छ । एबिसीन्यूजका अनुसार करिब १३,००० जनाको जनशक्ति भएको संस्थामा ठूलो कटौती गरेको छ। शीर्ष तहका रोग अनुसन्धानकर्ताहरू प्रभावित नभए पनि सिडिसी का १०० भन्दा बढी छात्रवृतिका पदहरू हटाइएको छ।
हालैसिडिसी लाई विश्व स्वास्थ्य संगठनसँगको सबै सहकार्य तुरुन्तै रोक्न निर्देशन दिइएको थियो । साथै, संघीय कर्मचारीलाई स्वेच्छिक राजीनामा दिए बापत आर्थिक सहयोग दिने कार्यक्रम लागू गरिएको छ ।
स्वास्थ्य तथा मानव सेवा विभागले “लैङ्गिक विचारधारा” सम्बन्धी कार्यक्रमहरूको सिडिसीको वित्तीय सहयोग रोक्न निर्देशन दिएपछि, ट्रान्सजेन्डर (परालैंगिक )स्वास्थ्य सेवा तथा विविधता, समावेशिता (डिइआई ) कार्यक्रमहरू प्रभावित भएका छन्। यसले क्यालिफोर्नियाका उपचारकक्ष (क्लिनिक)हरूलाई अनुदान गुमाउन बाध्य बनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा इथियोपियाको स्वास्थ्य मन्त्रालयले सिडिसी र युएसएआइडीद्वारा वित्तपोषित ५,००० भन्दा बढी कर्मचारीको करार समाप्त गर्न आदेश दिएको छ।
प्रतिक्रिया