यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र रूसबीच यूक्रेनबिना कुनै शान्ति सम्झौता यूक्रेनलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
उनले भने, “स्वतन्त्र राष्ट्रको रूपमा हामी कुनै पनि सम्झौता हाम्रो सहभागिता विना स्वीकार गर्न सक्दैनौं। मैले यो कुरा हाम्रो साझेदारहरूलाई स्पष्ट रूपमा बताएका छु। हामी यूक्रेनबारे कुनै पनि दुईपक्षीय वार्ता हाम्रो सहभागिता विना स्वीकार गर्ने छैनौं।”
उनको यो टिप्पणी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरवार्ता( टेलिफोन) वार्ता गरेको भोलिपल्ट आएको हो। ट्रम्पले त्यसपछि जेलेन्स्कीलाई पनि दूरवार्ता गरेका थिए।
तर जेलेन्स्कीले ट्रम्पले पहिला पुटिनसँग कुरा गर्नु “सुखद नभएको” बताए। उनले अगाडी भने, “रूससँग वार्ता गर्नुअघि पुटिनलाई रोक्ने योजना बनाइनुपर्छ।”
प्रतिक्रिया