अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पको कडा चेतावनी पछि हमासले थप ३ जना ईजरायली बन्दी रिहा गर्ने भएको छ ।
हमासले बिहीबार घोषणा गर्दै थप तीन जना इजरायली बन्धकहरूलाई पूर्वनिर्धारित योजना अनुसार रिहा गर्ने एपिले जनाएको छ ।
हमासले यसअघि रिहाइमा ढिलाइ गर्ने धम्की दिएको थियो।
सोमबार राष्ट्रपति ट्रम्पले युद्धविराम रद्द गर्ने कि नगर्ने भन्ने मुद्दा “इजरायलको निर्णय” भएको बताएका थिए ।
ट्रम्पले यदि सबै बन्धकहरू शनिबार १२ बजेसम्म रिहा भएनन् भने सम्झौता रद्द हुने नत्र अवस्था अत्यधिक खराव हुने धम्की दिएका थिए ।
प्रतिक्रिया