अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत मनासस सहरमा स्थापित सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (ANHS) को मातहतमा सञ्चालित शैक्षिक संस्था अमेरिका नेपाल शिक्षा सदनको नवौँ वार्षिकोत्सव कार्यक्रम फेब्रुवरी ९ आइतवारका दिन भव्यताकासाथ सम्पन्न भएको छ l
मनाससको विन्डम गार्डेन होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक , समाजसेवी , संस्थाका पदाधिकारीहरुलगायत विभिन्न संघसंस्थामा आबध्द प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बीओटी सभापति केदारप्रसाद तिम्सिनाले अध्यक्षता र अमेरिकाका लागि नेपाली दूतावासका द्वितीय सचिव जिना अधिकारीले प्रमुख आतिथ्यता गरेको कार्यक्रमको प्रारम्भमा नेपाल र अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
पूर्वाङ्गका रूपमा सरस्वतीपूजा गरिएको सो कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष जानु ओझाले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षा सदनको तर्फबाट संयोजक भुपाल पौडेलले विद्यालयका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।
यस विद्यालयमा उच्च सगरमाथा- ए कक्षा समापन गरेका दश जना विद्यार्थीहरू आरभ अर्याल, आरभ वाग्ले, गरिमा खवास, गौरव गौतम, महिमा खतिवडा, प्रमिसा आचार्य, रचना गिरी, सारिका वाग्ले, सोफिया आचार्य र सूर्य गुरुङ उक्त समारोहकाबीच दीक्षित भएका थिए ।
विद्यालयका छात्रछात्रा कृसा तिम्सिना, आज्ञा पोख्रेल, साची आचार्य, रिदम खनाल, आस्भी श्रेष्ठ, आयुश्री पाठक, स्यारोन भण्डारी, प्रशंसा पौडेल, सुनोभा पौडल, गौरव खड्का, ईभाना लामा, साशा पोखरेल, खुसी चौहान, सोफिया आचार्य, सारिका वाग्ले, अनुस्का वाग्ले, आहाना अधिकारी, आर्सिया सुवेदी, कृषा केसी, आर्जु पाण्डे, स्नेहा न्यौपाने, आर्नभ पौडेल, प्रिसा घिमिरे, आभा न्यौपाने, कार्भी श्रेष्ठ, आरोन गिरी, आयानाराज भण्डारी, आस्री राजभण्डारी, रचना गिरी, डेलिसा केसी, मेलिसा केसी, विपीन न्यौपाने, अनुस्का पौडेल, एन्जेला गौतम, गरिमा तिम्सिना, प्रसिध्द पाठक, सहज आचार्य, दिभिजा श्रेष्ठ, ईभा भण्डारी, डेनिसा पोख्रेल, एनिका गौतम, दृष्टी रिजाल, स्वानी पौडेललगायत विद्यार्थीहरूले आकर्षक सामूहिक नृत्य, गीत, वक्तृता गरी दर्जनौं सृजना प्रस्तुत गरेर अतिथि तथा अभिभावकहरूलाई निकै खुसी र सन्तुष्ट तुल्याएका थिए ।
यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि जिना अधिकारीले विद्यालयले नेपाली भाषा र सँस्कृतिको क्षेत्रमा निकै उत्कृष्ट काम गरेको देख्न पाउँदा आफूलाई निकै खुसी र गौरव महसुस भएको धारणा राख्दै संस्था निकै सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीको हौसला बढाउन अभिभावकहरू पनि गानबजानमा सहभागी भएका थिए भने सम्पूर्ण अभिभावकको तर्फबाट खिम खतिवडा तथा शिक्षकको तर्फबाट जगन्नाथ पौडेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वार्षिक तथा मासिक मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रथम ,द्वित्तीय तथा तृतीय गरी प्रमाणपत्र तथा नगद प्रदान गरिनुका साथै आफ्नो प्रस्तुति गर्ने विद्यार्थीहरू र विद्यालयका शिक्षक, प्राविधिक सहयोगीहरूलाई प्रमुख अतिथि, सभाध्यक्ष केदार तिम्सिना तथा विद्यालयका संयोजक भुपाल पौडेलबाट प्रमाणपत्र, नगद र ट्रफी वितरण गरिएको थियो ।
संस्थाका महासचिव तथा विद्यालयका शिक्षिका तनुजा पोख्रेल तथा छात्रछात्रा सोफिया आचार्य, महिमा खतिवडा र गौरव गौतमले संयुक्त रूपमा संचालन गरेको उक्त वार्षिकोत्सव कार्यक्रममा प्रविधिमा तिलक खरेल, शिव तिम्सिना र अर्जुन गौतम रहनुभएको थियो भने समापन सभाध्यक्ष केदार तिम्सिनाले गर्नुभएको थियो ।
नेपाली बालबालिकाहरूमा भाषा, कला, संस्कृति तथा नेपालीपनप्रति सम्मान जगाउँदै भाषा, कला, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाले औपचारिक रूपमा फेब्रुअरी १२, २०१६ देखि संचालनमा आएदेखि शैक्षिक, सांस्कृतिक र सृजनात्मक कार्यहरू गर्दै आएको छ ।
यस शैक्षिक संस्थाले शिक्षण पेसामा लामो अनुभव बटुलेका शिक्षक तथा अमेरिकाको भर्जिनियाबाट अनुमति प्राप्त शिक्षकहरूबाट हरेक आइतवारका दिन नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा, संस्कृति, नैतिक शिक्षा तथा नेपालका विविध विषयहरू समेटेर अमेरिकाका विभिन्न राज्यहरूमा रहेका सयौं विद्यार्थीका लागि नियमित कक्षा सन्चालन गर्दै आइरहेको छ l
जगन्नाथ पौडेल
मेडिया को-अर्डिनेटर, एएनएचएस
प्रतिक्रिया