अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच महत्वपूर्ण कुराकानी भएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल मार्फत कुराकानी भएको जनाएका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरे पछि जेलेन्स्की कुराकानी गरेका हुन् ।
मैले भर्खरै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुरा गरें ,ट्रम्पले भने । उनले आफ्नो सामाजिक संजालमा कुराकानी धेरै राम्रो भएको जनाएका छन् । राष्ट्रपति पुटिन जस्तै उनी पनि शान्ति स्थापना गर्न चाहेको र युद्धसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल गरेको उल्लेख गरेका छन् ।
उनले सामाजिक संजालमा आगामी शुक्रबार म्युनिखमा आयोजना हुने बैठकमा उपराष्ट्रपति जेडी भान्स र विदेश सचिव मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताए ।
मलाई आशा छ त्यो बैठकको नतिजा सकारात्मक हुनेछ। यो हास्यास्पद युद्ध रोक्ने समय आएको छ जहाँ ठूलो र पूर्ण रूपमा अनावश्यक मृत्यु र विनाश भएको उल्लेख गरेका छन् । उनले अन्त्यमा भगवानले रूस र युक्रेनका जनतालाई आशीर्वाद दिऊन् भनि कामना गरेका छन् ।
प्रतिक्रिया