ट्रम्प र पुटिन बीच लामो कुराकानी, पुटिन युक्रेन युद्धबारे “तत्काल” वार्ता सुरु गर्न सहमति

इनेप्लिज २०८१ माघ ३० गते १७:५० मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “लामो” दूरवार्ता( टेलिफोन) गरेको बताएका छन्, 

जसमा पुटिनले युक्रेन युद्धबारे “तत्काल” वार्ता सुरु गर्न सहमति जनाएको फक्सन्यूजले समाचार लेखेको छ ।

“हामी एक-अर्कासँग निकै नजिकबाट सहकार्य गर्न सहमत भएका छौँ, जसमा एक-अर्काको राष्ट्र भ्रमण गर्ने योजना पनि समावेश छ,” ट्रम्पले बुधबार ट्रुथ सोसलमा लेखेका छन्। 

“हाम्रो टोलीले वार्ता तुरुन्तै सुरु गर्ने सहमति गरेका छौँ, र हामी सबैभन्दा पहिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दूरभाष( फोन) गरेर यो कुराकानीबारे जानकारी दिनेछौँ, जुन म अहिले नै गर्न जाँदैछु। मैले विदेश मन्त्री मार्को रुबियो, सीआईएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज, र राजदूत तथा विशेष दूत स्टिभ विटकोफलाई वार्ताको नेतृत्व गर्न अनुरोध गरेको छु। मलाई दृढ विश्वास छ कि यो वार्ता सफल हुनेछ।”

रुस र युक्रेन फेब्रुअरी २०२२ देखि युद्धमा छन् । 

“हामी दुवैजनाले हाम्रा राष्ट्रहरूको गौरवशाली इतिहासको चर्चा गर्‍यौँ, विशेषगरी द्वितीय विश्वयुद्धमा हामीले सँगै गरेको सफल लडाइँको सम्झना गर्‍यौँ। रुसले त्यतिबेला करोडौँ नागरिक गुमाएको थियो, हामीले पनि धेरै जनधनको क्षति व्यहोरेका थियौँ!” ट्रम्पले पुटिनसँगको दूरवार्ता वार्ताबारे सामाजिक सॅजाल ट्रुथ सोसलमा थप उल्लेख गरेका छन्।

प्रतिक्रिया