अमेरिकाको ओहायोमा भएको गोलाबारी नेपाली भाषी सहित अर्को एक बिदेशी सहित २ जनाको मृत्यु , मृतक चापागाईको सहयोगार्थ गोफन्ड मि संचालनमा

इनेप्लिज २०८१ माघ २७ गते १३:०३ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको न्यू अल्बानीमा रहेको गोदाममा गोलाबारी हुदा पछिल्लो जानकारी अनुसार २ जनाको मृत्यु भएको मृत्यु समिक्षक कार्यालयले पुष्टि गरेको छ ।

उक्त गोलीकाण्डमा नेपाली भाषी ३० वर्षीय शेखर चापागाईको बुधबार राति १०:३३ बजे कोलम्बस अस्पतालमा मृत घोषित गरिएको थियो । चापागाई झापा गोलधापमा जन्मिएका हुन् । पाँच वर्षकी छोरी र जन्मिन लागेकी अर्की छोरीको बाबा भन्ने अधिकार खोसिएको छ ।

मृतक चापागाईको सहयोगार्थ गोफन्ड मि संचालनमा ल्याइएको छ । उक्त गो फन्डको लक्ष्य ३५ हजार डलर राखिएको छ भने फेब्रुअरी ९ बिहान ८ बजे सम्म २८ हजार डलर संकलन भएको छ । गो फन्ड मे बिरेन्द्र ढकालले संचालनमा ल्याएका हुन् ।

यो दुःखद घटना ओहायोको न्यू अल्बानीमा रहेको केडिसी वान गोदाममा भएको हो। प्रहरीले संदिग्ध ब्रुस रेगिनाल्ड फोस्टर तृतियलाई पक्राउ गरेका छन् ।

गोलीकाण्ड राति १०:३० बजे भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा हमलाकारी त्यहाँबाट फरार रहेका थिए ।

लिकिंग काउन्टी कोर्ट अफ कमन प्लिजबाट गम्भीर हत्याको आरोपको सामना गरिरहेका २८ वर्षीय ब्रुस रेगि नाल्ड फोस्टर तृतीयलाई बिहीबार दिउँसो भएको मुद्दाको सुनुवाइमा २० मिलियन डलरको धरौटी जारी गरिएको छ।

फोस्टरलाई न्यु अल्बानीको केसिडी वान सुविधामा छ जनालाई गोली हानेको आरोप लागेको लगभग १२ घण्टापछि ओहायो राज्य क्याम्पसको दक्षिणमा रहेको कोलम्बस विश्वविद्यालय जिल्लाबाट पक्राउ गरिएको थियो। प्रहरीले अझै पनि गोली हानाहानको कारणको अनुसन्धान गरिरहेको छ र फोस्टर पूर्ण रूपमा सहयोगी नभएको बताएको छ।

मृत्यु भएका दुवै पीडितको बिहीबार पहिचान गरिएको छ। लिकिंग काउन्टी कोरोनर(मृत्यु समिक्षक)को कार्यालयले सुविधामा मृत फेला परेका पीडित मध्ये एक पिकरिङ्टनका ३८ वर्षीय काइल भेभर र फ्र्याङ्कलिन काउन्टी मृत्यु समिक्षकले ३० वर्षीय शेखर चापागाईलाई बुधबार राति १०:३३ बजे कोलम्बस अस्पतालमा मृत घोषित गरिएको बताए।

कोलम्बसमा रहेको नेपाली समुदायलाई सहयोग गर्ने गैर-नाफामुखी संस्था, विश्वकर्मा सोसाइटी अफ अमेरिकाले चापागाईको मृत्युको बारेमा विज्ञप्ति जारी गरेको छ ।

सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/help-shekhars-family-after-tragic-loss?attribution_id=sl:b4

प्रतिक्रिया