Mummy फिल्मको च्यारिटी शो सम्पन्न

इनेप्लिज २०८१ माघ २७ गते ५:२२ मा प्रकाशित

लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा Mummy फिल्मको च्यारिटी शो सम्पन्न भएको छ। उक्त कार्यक्रम Innerwheel Club of Satdobato को सहयोगार्थ गरिएको थियो। च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा आयोजना गरिएको थियो, जसमा करिब १६० जना दर्शकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको एम्सी (समारोह सञ्चालन) सावित्री ढुंगानाले गर्नु भएको थियो। Innerwheel Club of Satdobatoकी चार्टर्ड प्रेसिडेन्ट सिमा राईले स्वागत मन्तव्य दिएकी थिइन्।

लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा. लि. का म्यानेजर पूरब महन्तले कम्पनीले विभिन्न प्रकारका कार्यक्रमहरू जस्तै विवाह, पास्नी, सेमिनार, वर्कशप, सौन्दर्य प्रतियोगिता, सम्मेलन आदि आयोजना गर्ने जानकारी गराउनु भयो। सोही कम्पनीकी प्रबन्ध निर्देशक पूजा रेग्मी महन्तले यस्ता कार्यक्रमहरू आयोजना गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन्। साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गरिने जानकारी दिइन्।

कार्यक्रममा Mummy फिल्मका कलाकारहरू समीप निरौला, सुलक्षण भारती, बाल कलाकार जेभिस श्रेष्ठ तथा जेनीश श्रेष्ठ को उपस्थिति रहेको थियो। साथै, फिल्मकी निर्मात्री पूर्णिमा जोशी र निर्देशक समर निरौला पनि कार्यक्रममा सहभागी थिए।

Innerwheel Club of Satdobato को सहयोगार्थ गरिएको यस च्यारिटी शोले समाजसेवामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया