बालेन र रविको ‘जुगलबन्दी’ पछि दुई तिहाइको सपना साकार हुने सम्भावना ,पुराना नेताहरूको ३५ वर्षे राज अब समाप्त हुने संकेत!

विजय थापा २०८२ माघ २५ गते १२:१७ मा प्रकाशित

नेपालको राजनीतिमा वर्षौँदेखि सत्तामा जरा गाडेर बसेका पुराना दल र नेताहरूलाई हल्लाइदिएको छ। यो सामान्य परिवर्तन होइन, यो त भ्रष्टाचार, बेथिति र निराशाबाट दिक्क भएका जनताको शक्तिशाली आवाज हो।

काठमाडौं महानगरका पूर्व नगर प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेअहिले परिवर्तनका प्रतीक बनेका छन्। उनीहरू जहाँ पुग्छन्, त्यहाँ हजारौँ मानिस स्वतःस्फूर्त रूपमा भेला हुन्छन्।

सडक, चोक, गल्ली—सबैतिर एउटै चर्चा सुनिन्छ, “अब घण्टी बजाउने बेला आयो।” दुवै जना व्यापक चुनावी प्रचार प्रसारमा दौडाहामा छन् । मतदाताहरु उनीहरुलाई भेट्दा भाबुक भएका थुप्रै श्रब्यदृश्य(भिडियो )हरु सामाजिक संजालमा सार्वजनिक हुदा हेर्ने सबैलाई अझ भाबुक बनाई रहेको छ । देश विदेशबाट अब हामी परिवर्तन चाहन्छौ र सिधै घन्टीमा मतदान गर्ने भन्दै खुला रुपमा सामाजिक संजाल र संचार माध्यममा सन्देश दिई रहेका छन् ।

बालेन शाहले अपदस्त पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा चुनौती दिएका छन्।

२०८२ भाद्र २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’ले नेपालमा नयाँ चेतनाको विजारोपण गर्‍यो। भ्रष्टाचार र दमन विरुद्ध सडकमा उत्रिएका ७६ जना होनहार युवाहरूको बलिदानले नै आज बालेन र रविको पक्षमा जनसागर ओइरिएको हो। तत्कालीन सरकारको तानाशाही शैली र सामाजिक सञ्जालमाथिको प्रतिबन्धले जनतामा जुन आक्रोश पैदा गर्‍यो, त्यसैको परिणामस्वरुप पुराना नेताहरू हेलिकप्टर(उदग्रबिमान) चढेर भाग्नुपर्ने स्थिति आयो।

सडक, चोक, गल्ली—सबैतिर एउटै चर्चा सुनिन्छ, “अब घण्टी बजाउने बेला आयो।”

सामाजिक सञ्जालमा रास्वपाको समर्थन अभूतपूर्व देखिन्छ। हरेक दिन नयाँ-नयाँ युवा, विद्यार्थी र पेशाकर्मी रास्वपामा आबद्ध भइरहेका छन्। कतिपय अन्य दलमा रहेकाहरूले समेत खुलेरै “हामी बालेनलाई समर्थन गर्छौं, मत घण्टीलाई दिन्छौं” भन्न थालेका छन्। यसले चुनावी माहोल पूरै फेरिएको देखिन्छ।

बिगतमा चितवन चुनावी क्षेत्रमा रवि लामिछानेले धेरै दलको घेराबन्दी तोडेर जितेझैं, काठमाडौंमा बालेनले स्वतन्त्र उम्मेदवार भएर ऐतिहासिक जित हासिल गरेका थिए। अहिले त्यही जनलहर देशभर फैलिएको छ। बालेनको एक झलक पाउन मानिसहरू घरको छत र रुखमा चढ्ने दृश्य सामान्य बनेको छ।

आगामी चुनावमा झापा–५ सबैको चासोको केन्द्र बनेको छ। त्यहाँ बालेन शाहले अपदस्त पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा चुनौती दिएका छन्। स्थानीय सर्वेक्षण र जनमतले बालेनको बलियो आधार देखाएको छ। धेरैले यसलाई “पुरानो शक्ति विरुद्ध नयाँ पुस्ताको महासंग्राम” भनेर व्याख्या गरेका छन्।

बालेनको काम गर्ने शैली ,पारदर्शिता, सुशासन र कडा निर्णय र रविको भ्रष्टाचारविरोधी अभियानले जनताको विश्वास जितेको छ। यही कारण धेरै विश्लेषकहरू भन्छन्, रास्वपा आगामी चुनावमा दुई तिहाइ नजिक पुग्न सक्छ।

स्थानीय सर्वेक्षण र जनमतले बालेनको बलियो आधार देखाएको छ।

जनता अब पुराना वाचा होइन, काम चाहन्छन्। उनीहरूलाई भाषणभन्दा परिणाम चाहिएको छ। त्यसैले बालेन र रविको जोडी अहिले आशा, साहस र परिवर्तनको प्रतीक बनेको छ।

अबको चुनाव केवल सरकार बदल्ने प्रक्रिया होइन, यो त नयाँ नेपाल निर्माण गर्ने ऐतिहासिक अवसर हो। आगामी फागुन २१ को निर्वाचन केवल एउटा मत हाल्ने दिन मात्र हुनेछैन; यो त नेपाललाई ३ दशकदेखि लुट्नेहरूलाई बिदा गर्ने र बालेन शाहको नेतृत्वमा एउटा समृद्ध, भ्रष्टाचारमुक्त र ‘घण्टीमय’ नेपाल निर्माण गर्ने ऐतिहासिक अवसर हुनेछ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया